२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

मंगलवार , कार्तिक २२, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • रुपन्देही, २२ कात्तिक । रुपन्देहीको गैडहवा गाउपालिका–२ मा दुई ओटा मोटरसाइकल ठोक्किँला दुबै चालकको मृत्यु भएको छ । लु.५प ९७३२ नम्बरको मोटरसाइकल र लु.७६प ३३७२ नम्बरको मोटरसाईकल सोमबार ठोक्किएका थिए ।  

    दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो । 

    गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको  भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ । न्युज कारखाना