शुक्रवार, आश्विन ५ गते २०८०

दुई महिनदेखि मेरो हत्याको षडयन्त्र गरियो: इमरान खान

दुई महिनदेखि मेरो हत्याको षडयन्त्र गरियो: इमरान खान

images
images

खबर पात्रो

२२, कार्तिक २०७९
  • 933
    SHARES
  • दुई महिनदेखि मेरो हत्याको षडयन्त्र गरियो: इमरान खान

    इस्लामाबाद, २२ कात्तिक । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक ¥यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन् ।

    पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट तीनवटा गोली निकाले ।  बायाँ खुट्टामा केही छर्राहरू थिए जुन उनीहरूले भित्र छोडेका थिए । ’

    images
    images

    आफूविरुद्धको हत्याको सम्पूर्ण षड्यन्त्र दुई महिनाअघि  गरिएको उनले दाबी गरे । आफूले गुप्तचर निकायबाट सूचना प्राप्त गरेको उनले बताए । ‘सम्झनुहोस् म साढे तीन वर्ष सत्तामा थिएँ ।  मेरो गुप्तचर एजेन्सी र विभिन्न एजेन्सीहरू सञ्चालन गर्नेहरूसँग सम्पर्क छ’, उनले भने । एजेन्सी

    images
    प्रकाशित मिति :कार्तिक २२, २०७९ मंगलवार - ११:२५:३७ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij