२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

मेडिकल कलेज बनाउन सरकारले बेवास्ता गर्‍यो : छविलाल विश्वकर्मा

मंगलवार , कार्तिक २२, २०७९

बुटवल, २२ कात्तिक । 
नेकपा एमालेका सचिव छविललाल विश्वकर्माले तिलोत्तमा १ र ८ को २ सय बिघामा निर्माण गर्ने भनी अघि बढेको सरकारी मेडिकल कलेज निर्माणमा अहिलेको सरकारले बेवास्ता गरेको बताएका छन् । 

केपी ओली नेतृत्वको सरकारको पालामा २०७५ चैत ८ गते मेडिकल कलेज बनाउन नयांमिलमा कार्यालय नै स्थापना भएर कम अघि बढेपनि एमाले सरकार ढालिएपछि काम अवरुद्ध भएको विश्वकर्माले बताए । 

एमाले नेतृत्वको सरकारले सात वटै प्रदेशमा एक एक वटा प्रादेशिक स्तरका मेडिकल कलेज बनाउने निर्णय अनुसार पहिलो चरणमा लुम्बिनी र प्रदेश २ मा बनाउने गरी सरकारले वजेट पनि छुट्टाएको थियो ।  

एमाले सरकारमा रहंदासम्म गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगे पनि सरकार ढालेर बनेको ५ दलीय गठबन्धनले काम अघि बढाउन बेवास्ता गरेको रुपन्देही–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका नेता विश्वकर्माले बताए । मेडिकल कलेजसहित एमालेले अघि सारेका ठूला आयोजनाहरुमा गठबन्धन सरकारले वजेट कटौति गर्ने र अघि बढाउन बेवास्ता गरेको भन्दै मंसिर ४ पछि गठन हुने नेकपा एमालेको सरकारले त्यसलाई पूर्णता दिनेमा जोड दिए ।  अहिलेको सरकारको गलत नीतिका कारण देशको आर्थिक अवस्था कमजोर बन्दै गएको रु आर्थिक समस्या देखाउँदै विकास निर्माणको कामहरु रोकेको उम्मेदवार विश्वकर्माले बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–८, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त घरदैलो कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहेका विश्वकर्माले डेंगुको प्रकोपले आमनागरिकहरु आक्रान्त भएको अवस्थामा समेत गठबन्धन सरकारले कुनै पहल नगरेको बताए ।  

नेता विश्वकर्माले रुपन्देही–१ को विकासको लागि दशगजाबाट कामको शुरुवात गरेको दावी गर्दै नमुना क्षेत्र बनाउने गरी आफुले काम गर्ने बताए । सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(२) प्रदेश सभा सदस्यका उम्मेदवार दधिराम न्यौपानेले विकास निर्माण र शुसासनको लागि नेकपा एमाले, राप्रपा र जसपा प्रतिवद्ध रहेको बताए । राप्रपाका नेता रुक्मागत पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आंट गरेर नेपालको चुचे नक्सा जारी गरेको र भारतीय नाकाबन्दी विरुद्धमा सामना गरेको कारण निर्वाचनमा सहकार्य गरेको बताए ।