images
images

आइतवार, जेठ ६ गते २०८१

आचारसंहिता पालना गर्ने दलहरुको प्रतिवद्धता 

आचारसंहिता पालना गर्ने दलहरुको प्रतिवद्धता 

images
images
images
आइतवार, कार्तिक २० २०७९
आइतवार, कार्तिक २० २०७९
  • आचारसंहिता पालना गर्ने दलहरुको प्रतिवद्धता 

    बुटवल, २० कात्तिक । 
    लुम्बिनी प्रदेशमा क्रियाशिल राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने गराउने प्रतिवद्धता जनाएका छन् । निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्दन भएकाले त्यसमा आमसंचार पनि संवेदनशील हुने उनीहरुले विश्वास जनाए ।

    images
    images
    images

    संवाद समूह लुम्बिनीले बुटवलमा आयोजना गरेको आसन्न निर्वाचनमा जारी आचारसंहिता पालनमा राजनीतिक दलहरुको प्रतिवद्धता विषयक कार्यक्रममा सहभागी नेताहरुले स्वतन्त्र र निश्पक्ष चुनाव र आचारसंहिता पालनामा प्रतिवद्ध हुने बताए । दलका नेताहरुले दलले आचारसंहिता मिचेकाबारेमा निर्वाचन आयोज, प्रशासन र संचारमाध्ययमले पनि निगरानी राख्न र गलतलाई कारवाही प्रक्रियामा लैजान सघाउन आग्रह गरे । 

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णु प्रसाद पोखरेलले कांग्रेस सत्ताधारी पाटी भए पनि आचारसंहिता मिच्ने र जनतालाई अनावश्यक रुपमा प्रभावित पार्ने काममा नलागेको बताए । ‘हामी र हाम्रा समर्थकहरुबाट कहीकतै आचारसंहिता विपरीत काम भएको भए निष्पक्ष छानवीन होस्,’ उनले भने । एमाले नेता नन्दीकिशोर ढकालले निर्वाचनमा सबै दल र उमेदवारको एउटै हैसियत हुने भन्दै जनता प्रभावित पार्ने र आचार संहिता मिच्नेलाई कानूनी कारवाहीमा लैजान आग्रह गरे ।

    माओवादी केन्द्रका निर्दोष अलीले प्रशासन, निर्वाचन आयोग र नागरिक समाज निश्पक्ष भएर अनुगमन गरे दलहरु सच्चिने बताए । नेकपा एकीकृत समाजवादीका सरिता श्रीसले आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्न नागरिक समाज र संचारकर्मीलाई आग्रह गरिन् । जसपाका मनिकर कार्कीले आचारसंहिता मिच्ने, निर्वाचन विथोलिने र समूदायमा भ्रम छर्ने काम आफ्नो पार्टीबाट नहुने जनाए । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामीले आचारसंहिता पालनामा सबै दलहरुले जस्तै एक्यवद्धता जनाए । राप्रपाका प्रदेश अध्यक्ष प्रदिप उदयले पनि निर्वाचन आयोगद्धारा जारी आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाए राष्ट्रिय जनमोर्चाका टान बहादुर केसीले साना दललाई ऐन ठुला दललाई चैन हुन नहुने बताए ।

    निर्वाचन कार्यालय लुम्बिनी प्रदेशका प्रतिनिधि टेकराज पन्थीले सबै नीतिको मूल नीति राजनीति भएकाले दलहरुले आफू र आफ्ना समर्थकलाई आचारसंहिता पालनामा प्रतिवद्ध बनाउने हो भने समस्या नहुने बताए । कतै स्वतहस्फूर्त अनुगमन गरेर त कतै उजुरी परेका आधारमा आयोगले आचार संहिता पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याएको उनले जनाए । 

    संवाद समूह लुम्बिनीका सहजकर्ता विक्रम खड्काको सहजीकरणमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला, कानून तथा संचार मन्त्रालयका प्रतिनिधि माधव शर्मा, राष्ट्रिय मानव अधिकार आयोग बुटवलका अधिकृत दीपक ठाकुर, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठग बहादुर केसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, अधिवक्ता महेन्द्र प्रसाद पाण्डे, मानवअधिकारकर्मी रीमा बिसी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij