images
images

आइतवार, जेठ ६ गते २०८१

जे बोल्छौं, त्यो गर्छौं : गृहमन्त्री खाँण

जे बोल्छौं, त्यो गर्छौं : गृहमन्त्री खाँण

images
images
images
आइतवार, कार्तिक २० २०७९
आइतवार, कार्तिक २० २०७९
  • जे बोल्छौं, त्यो गर्छौं : गृहमन्त्री खाँण

    भैरहवा, २० कात्तिक ।
    गृहमन्त्री बालकृष्ण खाँणले पाँचदलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झुट्टा आश्वासन पनि नदिने बताएका छन् । उनले जनतालाई भ्रममा पार्ने काम राजनीतिक नेतृत्वले गर्न नहुने जनाए ।

    images
    images
    images

    पाँचदलीय गठबन्धनका तर्फबाट रुपन्देहीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले आइतबार बुटवल उपमहानगरपालिका–१५ मा आयोजित कार्यक्रममा बोल्दै निर्वाचन जित्नका लागि जनतालाई भ्रममा पार्ने नेताहरु सफल नहुने बताए । ‘पाँचदलीय गठबन्धन र यसका उम्मेदवारहरुले जे गर्छन्, त्यही बोल्छन्, जे बोल्छन्, त्यो गर्छन्’, उनले भने ।

    ‘संविधानमा जनताका हकअधिकारको ग्यारेण्टी भयो, जीवनस्तर परिवर्तनका कुराहरु लेखिए’, खाँणले भने, ‘अब संविधानमा लेखिएका कुराहरु हामीले पूरा गर्छौं, जनताको जीवनस्तरमा परिवर्तन ल्याउँछौं ।’ खाँणले सियारी, शुद्धोधन, बुटवलका केही वडाहरु र अन्य पालिकाका कृषि उत्पादन बढी हुने क्षेत्रलाई समेटेर कृषिमा आधुनिकीकरण गरिने जनाए ।

    ‘कृषिलाई जनताको समृद्धिसँग जोडेर हामीले काम गर्नेछौं, यसले आर्थिक विकास र मुलुकको समृद्धिमा टेवा पुग्नेछ’, उनले भने । यसको पहिलो सुरुवात सेमलारमा सरकारले २ अर्ब लागतमा कृषि थोक बजार निर्माण प्रक्रिया अघि बढाएको बताए । ‘यो त एउटा उदाहरण मात्रै हो’, उनले भने, ‘यस्ता दर्जनौं काम हामीले अघि बढाउने छौं, जनतालाई विकास, आर्थिक समृद्धिसँग जोड्ने छौं, रुपन्देहीलाई नेपालकै नमूना जिल्ला बनाउनेछौं ।’

    क्षेत्र नम्बर ३ (ख)का उम्मेदवार रामचन्द्र ढकालले क्षेत्र नम्बर ३ (ख)लाई कृषि उत्पादनको मुख्य क्षेत्र बनाएर काम गर्ने आफूहरुको योजना रहेको जनाए । कृषिलाई आधुनिकीकरण गरेर जनताको जीवनस्तर उकास्न पहल गर्ने ढकालको भनाइ छ ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij