images
images

आइतवार, जेठ ६ गते २०८१

जनताको आवश्यकता नै मेरो प्राथमिकता हो : उम्मेद्वार केसी

जनताको आवश्यकता नै मेरो प्राथमिकता हो : उम्मेद्वार केसी

images
images
images
आइतवार, कार्तिक २० २०७९
आइतवार, कार्तिक २० २०७९
  • जनताको आवश्यकता नै मेरो प्राथमिकता हो : उम्मेद्वार केसी

    बुटवल, २० कात्तिक । रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताएका छन् । ‘यहाँका जनताको आवश्यकता नै मेरो प्राथमिकता हो ।’ उनले भने–‘चुनाव जितेर गएपछि पनि म प्रत्येक महिना जनताको माझमा आउने छु, जनताका थप आवश्यकताहरु के छन् भनेर सोध्ने छु ।’ 
    उनले जनताको आवश्यकता र माग अनुसारको काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै यदि काम गर्न नसके त्यसको प्रष्ट जवाफ दिने बताए ।

    images
    images
    images

    उनले एमाले उम्मेदवार लिला गिरीसंग यस अगाडिको निर्वाचनमा गरेका बाचा कहाँ गए भनेर प्रश्न गर्न पनि आग्रह गरे । २०७४ को प्रदेश सभा निर्वाचनमा एमाले उम्मेवार लिला गिरी निर्वाचित हुनु भएको थियो भने प्रदेश सरकारमा उनी मन्त्री समेत हुनु भएको थियो । चुनावमा उनले प्रदेशको राजधानी बुटवलमा राख्ने प्रतिवद्धता व्यक्त गरेर भोग मागे पनि निर्वाचन जितेपछि राजधानी सार्ने काममा मुख्यमन्त्री शंकर पोखरेलाई सहयोग गरेर यहाँका जनतालाई धोका दिएको आरोप लाग्दै आएको छ ।

    चुनावी प्रचार प्रसार अभियान अन्तरगत मतदाताको घरदैलोमा रहनु भएका केसीले जनतामाझ आफ्नो प्रतिवद्धता सहित आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन् । अखिल नेपाल फूटवल संघ (एन्फा)का उपाध्यक्ष समेत रहनु भएका केसीले उक्त निर्वाचन क्षेत्रमा खेल क्षेत्रको लागि मुख्य तीन कामलाई प्राथमिकतामा राखेका छन् ।

    रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्प पदमा उम्मेवार रहनु भएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा र उनले संयुक्त रुपमा जनता माझ ल्याएको प्रतिवद्धता पत्रमा बुटवलको एन्फा एकेडेमीलाई राष्ट्रियस्तरको आधुनिक रङ्गशालाको रुपमा विकास र विस्तार गर्न पहल गर्ने, तिलोत्तमा नगरपालिकाको वडा नंं ४ डिंगरनगरमा रङ्गशाला निर्माण गर्न पहल गर्ने, खेल सम्वन्धि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने, र खेलको माध्यामवाट लागू पदार्थका दुव्र्यसनीहरुको जीवनशैलीमा सुधार ल्याउने उल्लेख गरिएको छ ।

    नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा समेतको सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रस महासमिति सदस्य केसी अखिल नेपाल फूटवल संघ (एन्फा) का उपाध्यक्ष, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका सल्लाहकार, नेपाल यातायात मजदुर संघको केन्द्रीय उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीका सदस्य छन्।

    आफ्नो निर्वाचन क्षेत्रलाई समुन्नत र विकशित बनाउने अठोट गर्दै उनले बुटवलको कालिकापथलाई यथाशिघ्र निर्माण सम्पन्न गर्न कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्। कालिका पथमा बजार व्यवस्थापन गर्दै रात्रीकालन बजार सञ्चालनको व्यवस्था मिलाउने उनले बताए ।

    त्यस्तै बुटवलको अभियान पथलाई स्तरोन्नती गर्ने, बुटवलको कालिकानगरको कालिका चोक, मिलन चोकको तीनकुने चोक, होराईजन चोक र देवीनगरको चौपारी क्षेत्रमा आकाशे पुल निर्माण गर्न पहल गर्ने, निर्माणाधिन १६/३६ कुलोलाई यथाशिघ्र सम्पन्न गर्न पहल गर्ने र कुलोमा तटवन्ध गरी कटानवाट जग्गा संरक्षण गर्ने, मजुवा र खयरघारी जोड्न तिनाउ नदीमा पक्की पुल, आर्युवेदिक अस्पतालदेखि मगरघाटसम्मको सडकलाई स्तरोन्नती, तिलोत्तमा चक्रपथ निर्माण कार्य तदारुकताकासाथ अघि बढाउने, तिलोत्तमाको ड्राईभरटोल–डिंगरनगर जाने सडकको ढल तथा नाली व्यवस्थित गर्ने, ड्राईभरटोलदेखि दक्षिण पुरानो सडकमा ढल निकाससहित सडक स्तरोन्नती, ड्राईभरटोलदेखि १० नं. चोक १२ नं. हुदैं कुञ्जलापुर चोकवाट करौजियासम्म ढल निकास सहितको सडक स्तरोन्नती, तिनाउ कोरिडोर निर्माण गरी वैकल्पिक मार्गको रुपमा विकास, नया मिलदेखि मोतीपुर जोड्ने सडकमा तीनाउ नदीमा पुल निर्माण उनका प्राथमिकता हुन् ।

    त्यस्तै तिलोत्तमाको वडा नं. ५ मा सिद्धार्थ राजमार्गको दुवैतर्फ सडक नालीलाई व्यवस्थित, नया मिलदेखि पुर्व पश्चिम जाने दुवै तर्फका सडक, ड्राईभरटोलदेखि पुर्व शिवपुर जाने सडकलाई ढल निकासहित स्तरोन्नती, बुटवलको देवीनगर देखि तिलोत्तमाको डिंगरनगरसम्म जाने सडक स्तरोन्नती, तिलोत्तमामा सभा हल निर्माण र रक्त सञ्चार केन्द्र स्थापना पनि उम्मेदवार केसीको प्राथमिकताका विषय हुन् ।

    त्यसैगरी खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, आर्थिक विकास एवं औद्योगिकरण, रोजगारी, उर्जा तथा जलप्रवद्र्धन, मानव संशाधन विकास, मजदुर वर्गको उत्थान, सुशासन, भूमिहिन तथा सुकुम्वासी व्यवस्थापन, कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, छाडा चौपाया व्यवस्थापन, सहकारी प्रवद्र्धन लगायतका विषयमा उनले बुँदागत रुपमा प्रतिवद्धता व्यक्त गरेका छन् । 

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij