२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु

आइतवार , कार्तिक २०, २०७९

काठमाडौं, २० कात्तिक । काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी छन् । 

शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । न्युज कारखाना