images
images

आइतवार, जेठ ६ गते २०८१

प्रतिवद्धता पूरा नगरे जनताको कठघरामा उभिनेछु : घनश्याम भुसाल

प्रतिवद्धता पूरा नगरे जनताको कठघरामा उभिनेछु : घनश्याम भुसाल

images
images
images
शनिवार, कार्तिक १९ २०७९
शनिवार, कार्तिक १९ २०७९
  • प्रतिवद्धता पूरा नगरे जनताको कठघरामा उभिनेछु : घनश्याम भुसाल

    रुपन्देही, १९ कात्तिक । 
    सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले जनतासँग गरेको प्रतिवद्धता पूरा गर्ने बताएका छन् । शनिबार देवदहमा आयोजित ‘स्रष्टासंग घनश्याम भुसाल’ कार्यक्रममा बोल्दै उनले केवल चुनाव जित्नका लागि मात्र आफूले आश्वासन नदिएको उल्लेख गरे । उनले भने, ‘मैले अनावश्यक र भ्रमपूर्ण आश्वासन बांड्ने गरेको छैन्, गर्न सक्ने प्रतिवद्धताहरु सार्वजनिक गरिरहेको छु, ती प्रतिवद्धता पुरा नगरे जनताको कठघरामा उभिन तयार छु ।’

    images
    images
    images

    स्रष्टाहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै भुसालले निकै लामो संघर्ष गरेर नेकपा एमालेलाई जनताको प्यारो पार्टी बनाएको तर संसद र सरकारमा जनताको मुद्दा उठाउँदा एमाले नेतृत्वले उल्टै अपमान गरेको गुनासो गरे । उनले भने, ‘हिजो पार्टीगत रूपमा केही अफ्ठयाराहरू थिए तर अब म स्वतन्त्र छु र मेरो वास्तविक परीक्षा अब सुरु भएको छ, तर बोलेको कुरा पुरा गर्नेछु ।’

    नेपाली कला, साहित्य र लेखनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले नेताहरूमा सही साँस्कृतिक चिन्तन आवश्यक रहेको तर्क गरे । पछिल्लो समय नेपाली राजनीति खराब लयमा गुज्रिरहनुमा समेत नेताहरूको समाज र संस्कृतिलाई बुझ्ने सवालमा रहेका समस्या कारक रहेको बताउँदै उनले बताए । बिग्रेको राजनीतिलाई लेखन, साहित्य तथा विचारको माध्यमबाटै सुधारेर राजनीतिक नेतृत्व र समाजलाई सही दिशामा हिडाउँन स्रष्टाहरूले भुमिका खेल्नुपर्ने उनको भनाई थियो । 

    हिजो तपाईले संसदमा रहेर के गर्नुभयो र अब तपाइलाई फेरि किन संसदमा पठाउने भन्ने स्रष्टाहरुको जिज्ञासामा भुसालले बिगतमा आफू संसदमा रहँदा लोकतन्त्र र संविधानको रक्षा तथा पार्टीभित्रको गलत प्रवृत्तिविरुद्ध निर्धक्कका साथ आवाज उठाएको बताए । जनताको साथ, माया र उत्साह देख्दा निर्वाचन जित्छु जस्तो लागेको बताउँदै भुसालले अब संसदमा गएर बाँकी रहेका विकास निर्माणका अधुरा कार्य पूरा गर्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा समालोचक तथा लेखक रामचन्द्र श्रेष्ठले जनताले कसलाई संसदमा पठाउने भन्ने फैसला सोहीअनुसार गर्नुपर्ने बताए । कार्यक्रममा युगीन साहित्य समाजका विष्णु विवस पोखरेल, फोनिज रुपन्देहीका उपाध्यक्ष प्रेम थापा, कलाकार तेजु अर्याल लगायतले समसामयिक विषयमा भुसालसँग जिज्ञासा राखेका थिए । नेपाली लेखक संघ र अखिल नेपाल लेखक संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रमको मिडिया संयोजन प्रेस सेन्टर नेपालले गरेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij