images
images

आइतवार, जेठ ६ गते २०८१

निर्वाचनपछि पनि संघ र प्रदेशमा गठबन्धनको सरकार : गृहमन्त्री खाँण

निर्वाचनपछि पनि संघ र प्रदेशमा गठबन्धनको सरकार : गृहमन्त्री खाँण

images
images
images
शनिवार, कार्तिक १९ २०७९
शनिवार, कार्तिक १९ २०७९
  • निर्वाचनपछि पनि संघ र प्रदेशमा गठबन्धनको सरकार : गृहमन्त्री खाँण

    भैरहवा, १९ कार्तिक ।
    गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि संघ र सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बताएका छन् । लामो संघर्ष पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धन बनेको र यसको जीत अत्यावश्यक रहेको औल्याउँदै खाँणले सबै प्रदेश र संघमा बहुमत ल्याएर गठबन्धनले सरकारले बनाउनले जनाए ।

    images
    images
    images

    शनिबार भैरहवामा नेकपा (माओवादी केन्द्र) ले आयोजना गरेको बृहत् कार्यकता भेलामा बोल्दै  रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले भने, ‘धेरै स्थानीय तहमा गठबन्धनको सरकार बनेको छ, अब सात प्रदेश र संघमा पनि गठबन्धनले बहुमत ल्याउँछ र सरकार बनाउँछ । देश विकास गर्छ, समृद्धि हासिल गर्छ । जनजीविकामा परिवर्तन ल्याउँछ ।’

    एमाले नेतृत्वमा बनेको चुनावी गठबन्धन पश्चगामी रहेको बताउँदै यो गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत हुनुुपर्ने उनले बताए । ‘यस निर्वाचनमा मैले चुनाव जित्छु की हार्छु भन्ने भन्दा पाँच दलीय गठबन्धनका शीर्ष नेताले जित्नुहुन्छ की नाइ ? भन्ने सवाल महत्वपूर्ण छ’, खाँणले भने, ‘नेपाली कांग्रेससहितका पाँचदलीय गठबन्धन सत्तामा पुगेर मन्त्री–प्रधानमन्त्री बन्नका लागि मात्र होइन, यो मुलुकको सुन्दर र उज्यालो भविष्य निर्माणका लागि हो ।’

    मुलुकको विकासका लागि जसले इतिहास बनाए र देशलाई जोगाएका छन् त्यस्ता शीर्ष नेताहरु कोही पनि यस निर्वाचनमा पराजित हुन नहुने र आवश्यकता परेमा ती शीर्ष नेताहरुलाई जिताउन आफू आफ्नो चुनावी अभियान बीचमैं छाडेर उनीहरुको निर्वाचन क्षेत्रमा चुनावी मोर्चा बनाउन जान तयार रहेको खाँणले बताए ।

    बेलाबेलामा नेपाली कांग्रेस र बामपन्थी शक्ति मिलेर नेपालमा ठूलाठूला राजनीतिक परिवर्तन भएको उनले उल्लेख गरे । ०४६ सालमा निर्दलीय पंचायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन, २०६०–०६२ को संयुक्त आन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य, १२ बुंदे सहमती यसैको परिणाम भएको उनले बताए ।
    पाँच दलीय गठबन्धनको काँधमाथि आउने दिनमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको उनले बताए । पाँचदलीय गठबन्धनप्रति जनताको ठूलो आशा र भरोसा राखेको उनको भनाइ थियो ।

    ‘नेपालको सामाजिक, आर्थिक, शैक्षिक सवै क्षेत्रमा आमुल परिवर्तन गरी नेपाललाई विकसित मुलुकको रुपमा रुपान्तरण गर्नु परेको छ’, उनले भने, ‘यसैका लागि पाँचदलीय गठबन्धन गर्नुपरेको हो र मुलुकलाई विकसित र समृद्ध बनाउन यो गठबन्धनले संकल्प गरेको छ ।’ यो गठबन्धनलाई निर्बाचन पछिसम्म पनि निरन्तरता दिइने उनले जनाए ।

    माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन र राजतन्त्रलाई हटाउन स्वर्गीय गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्डबीचको आपसी बार्ता र पहलबाट मात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्बाचनमा घेराबन्दी गरी पराजित गर्न सारा स्वदेशी र विदेशी शक्ति लागेको सूचना आफूले पाएपछि यसबारेमा प्रचण्डलाई जानकारी गराएको र पाँचदलीय गठबन्धनकै प्रस्तावमा प्रचण्डलाई निर्बाचनमा गोरखा लगिएको उनले बताए । ‘प्रचण्डका लागि मैले आफ्नो र्निाचवन क्षेत्र रुपन्देही ३ छाड्न तयार थिएँ’, खाँणले भने ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्वमन्त्री एवं समानुपातिकतर्फका प्रतिनिधिसभा उम्मेदवार हकिकुल्लाह खाँले मुलुकको समृद्धि, विकास र जनजीविका परिवर्तनका लागि पाँचदलीय गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।

    क्षेत्र नम्बर ३ (क)का प्रदेशसभा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष कुमार पाण्डेयले गठबन्धन एकढिक्का भए अत्याधिक मतले आफूहरुले निर्वाचन जित्ने बताए । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij