images

बिहिवार, बैशाख २० गते २०८१

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए 

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए 

images
images
images
शनिवार, कार्तिक १९ २०७९
शनिवार, कार्तिक १९ २०७९
  • दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए 

    काठमाडौं, १९ कात्तिक । 

    images
    images
    images

    कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ । सन् २०२२ को जनवरीदेखि अक्टुबरसम्मको अवधिमा उनीहरु घुम्नको लागि नेपाल आएका हुन् । 

    नेपाल पर्यटन वोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए । 

    यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४ र अक्टुबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएको वोर्डले जनाएको छ । 

    वोर्डका अनुसार पछिल्लो १० महिनामा नेपालमा प्रत्येक महिना औषतमा ४७ हजार ३५३ जना पर्यटक आएका छन् । न्युज कारखाना

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij