२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

महालक्ष्मी बैंकद्वारा विद्यालयलाई फलामे पिङ र ढिकी–च्याउ हस्तान्तरण

शनिवार , कार्तिक १९, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, १९ कात्तिक ।
    महालक्ष्मी विकास बैंक लिमिटेड ठुटीपीपल शाखाले ओमसतिया गाउँपालिका–१ कटैयास्थित श्री गंगा विशुन आधारभूत विद्यालयलाई फलामे पिङ र ढिकी–च्याउ हस्तान्तरण गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयलाई फलामे पिङ र ढिकी–च्याउ १/१ थान हस्तान्तरण गरेको हो ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई खेल खेल्न सहज होस् भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको बैंकका ठुटीपीपल शाखा प्रबन्धक प्रविन अमात्यले बताए । बैंकका शाखा प्रबन्धक अमात्यले विद्यालयकी प्रअ माधुरी चौधरीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

    IMG-20221105-WA0001.jpg

    बैंकका शाखा प्रबन्धक अमात्यको अध्यक्षता, ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यता, ओमसतिया–१ का अध्यक्ष बेल बहादुर बरालको विशिष्ट आतिथ्यता, विद्यालयका संस्थापक दयाराम यादव, प्रअ माधुरी चौधरी लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।