
शुक्रवार , कार्तिक १८, २०७९
भैरहवा, १८ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले विकासको स्पष्ट खाका पाँचदलीय गठबन्धनसँग भएको बताएका छन् । मुलुुकमा, शान्ति, स्थिरता, विकास, शुसासन र समृद्धिका लागि पाँचदलीय गठबन्धन निर्माण भएको प्रष्टाउँदै उनले विकासको स्पष्ट खाकासहित गठबन्धन अगाडि बढेको दावी गरे । खाँणले विकासप्रति प्रतिबद्ध र योजना भएका उम्मेदवारलाई जिताउन पनि आग्रह गरे । उनले रुपन्देहीको विकास र समृद्धिको खाका आफूहरुसँग भएको जनाउँदै पाँचदलीय गठबन्धनलाई अत्याधिक मतले जिताउन अनुरोध गरे । खाँणले रुपन्देहीमा जनजीविका र राष्ट्रिय महत्वका योजनालाई एकीकृत गरी विकास गर्न जरुरी रहेको बताउँदै यसको नेतृत्व गठबन्धनले गर्ने प्रष्ट समेत पारे ।
शुक्रबार शुद्धोधन गाउँपालिकामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले भने, ‘सरकार गठबन्धनले बनाउँछ, योजना निर्माणदेखि त्यसलाई मूर्तरुप दिने काम गठबन्धनले गर्छ ।’
उनले जनतामा भिजेका, विकासको झोला बोकेका उम्मेदवारलाई आगामी मंसिर ४ को निर्वाचनमा बिजयी बनाउन समेत आह्वान गरे । ‘रुपन्देहीको विकासले देश भरिका युवाहरुलाई उत्साहित गर्ने छ । नेपाल बनाउने अविभारा हाम्रो काँधमा आएको छ । यसमा युवाहरुको साथ जरुरी छ’, उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij