images

सोमवार, बैशाख २४ गते २०८१

स्वतन्त्र उम्मेदवारको घोषणापत्र : ‘एक घर एक रोजगार, योग्यता अनुसार’

स्वतन्त्र उम्मेदवारको घोषणापत्र : ‘एक घर एक रोजगार, योग्यता अनुसार’

images
images
images
शुक्रवार, कार्तिक १८ २०७९
शुक्रवार, कार्तिक १८ २०७९
  • स्वतन्त्र उम्मेदवारको घोषणापत्र : ‘एक घर एक रोजगार, योग्यता अनुसार’

    भैरहवा, १८ कात्तिक । 
    रुपन्देही क्षेत्र नम्बर ३ (१)बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार मोहम्मद अलिले घोषणापत्र सार्वजनिक गरेका छन् । भैरहवामा बिहीबार लुम्बिनी प्रेस क्लबले आयोजना गरेको ‘उम्मेदवारसँग पत्रकार कार्यक्रम’मा उनले घोषणापत्र सार्वजनिक गरेका छन् । एक घर एक रोजगार, योग्यता अनुसार मुख्य नारा लिएर उनी चुनावी मैदानमा उत्रिएका छन् ।

    images
    images
    images

    उनको घोषणापत्रमा अपांगता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण, हरेक आकस्मिक बिरामीलाई कम्तीमा प्राथमिक उपचार गर्नका निम्ति डाक्टर, आधुनिक बेड तथा उपकरणसहितको व्यवस्था, स्वास्थ्य कार्ड लागू गरेर उचित सेवा तथा परामर्श प्रदान गर्न हेल्पलाइन जारी, बिरामीहरुलाई हरेक अस्पतालमा निःशुल्क रक्तदानको व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

    त्यस्तै ट्याक्टर, कम्पाइन र अन्य आवश्यक आधुनिक उपकरण किसानलाई अनुदान स्वरुप प्रदान, उत्कृष्ट किसानलाई सम्मान गरी उचित पुरस्कारको व्यवस्था, अर्गानिक तरकारी खेतीलाई बढावा दिइ बजारीकरणको व्यवस्था, खेलाडीहरुलाई प्रशिक्षण तथा तालिम, खेलाडीका लागि मैदान तथा खेलकुद केन्द्र निर्माण, आवश्यक खेल सामग्री उपलब्ध गराउने, खेलाडीहरुबीच प्रतिष्पर्धात्मक प्रतियोगिता गराइ राष्ट्रस्तरका खेलमा सहभागी गराउने घोषणापत्रमा भनिएको छ ।

    त्यसै गरी पर्यटनलाई स्थानीय बासिन्दासको जीवनचर्यासँग जोड्ने कार्यक्रमहरु ल्याउने, चलचित्र, संगीत, कला र अन्य मनोरञ्जन विधिहरुको स्पमा भैरहवा ब्रान्डिङ गर्ने, हेल्पलाइन कल सेन्टरमार्फत महिला तथा बालबालिकाका लागि घरेलु हिंसामुक्त सुरक्षित वातावरणको व्यवस्थापन गरिने, सामूदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने उल्लेख गरिएको छ ।

    कार्यक्रममा बोल्दै स्वतन्त्र उम्मेदवार मोहम्मद अलिले निर्वाचन जितेपछि काम गरेर देखाउने दावी गरे । उनले आफूले विगत ११ वर्षदेखि जनताको सेवा गर्दै आएको बताए । उनले भने, ‘म विगतमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा थिए तर पार्टी परित्याग गरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसारमा छ, विद्यार्थी राजनीतिसँगै विभिन्न आन्दोलनमा सहभागी भएकाले जनताले अवश्य नै मेरो मुल्यांकन गर्नुहुनेछ ।’

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ निवासी २९ वर्षिय अलिले राजनीतिलाई आफूले पेशाका रुपमा नभइ सेवाको रुपमा बुझेको बताए । उनले यस अघि २०७४ सालमा निर्वाचित सांसदबाट के के काम भए जनताले राम्रोसँग बुझेको बताए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij