images

सोमवार, बैशाख २४ गते २०८१

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँचदलीय गठबन्धनले मात्र सक्छ : गृहमन्त्री खाँण

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँचदलीय गठबन्धनले मात्र सक्छ : गृहमन्त्री खाँण

images
images
images
बिहिवार, कार्तिक १७ २०७९
बिहिवार, कार्तिक १७ २०७९
  • आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँचदलीय गठबन्धनले मात्र सक्छ : गृहमन्त्री खाँण

    भैरहवा, कार्तिक १७ ।
    गृहमन्त्री बालकृष्ण खाँणले नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुुकलाई अग्रगमनको दिशामा अगाडि बढाउन पाँचदलीय गठबन्धन बनेको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका खाँणले बिहीबार भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको उल्लेख गरे ।

    images
    images
    images

    उनले गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरी नेपाली जनतालाई खुशीयालीमा बदल्न पनि पाँचदलीय गठबन्धन आवश्यक रहेको जिकिर गरे । व्यवस्था बचाएर नागरिकको अवस्था बदल्न तथा पाँच वर्षभित्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँचदलीय गठबन्धनले मात्र सक्ने उनले बताए । उनले युवाहरुमाथि मुलुकले ठुलो भरोसा राखेको बताउँदै युवाहरु उर्जाशील भएर उत्पादनमा जोडिनुुपर्नेमा जोड दिए । उनले अग्रगमन र रुपान्तरणको पक्षमा काम गर्न तरुण युवाहरुलाई आग्रह गरे ।

    सोही कार्यक्रममा बोल्दै पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क)का उम्मेदवार सन्तोष कुमार पाण्डेयले युवाहरुमा देखिएको उत्साहले पाँचदलीय गठबन्धनको जीत सुनिश्चित जस्तै भएको दावी गरे । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij