images

सोमवार, बैशाख २४ गते २०८१

मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिदै छविलाल र दधिराम

मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिदै छविलाल र दधिराम

images
images
images
बिहिवार, कार्तिक १७ २०७९
बिहिवार, कार्तिक १७ २०७९
  • मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिदै छविलाल र दधिराम

    बुटवल,  १७ कात्तिक । 
    रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिएका छन् । प्रतिनिधि सभाका उम्मेदवार छविलाल विश्वकर्मा र प्रदेश सभा (२) का उम्मेदवार दधिराम न्यौपाने बिहीबार रोहिणी गाउँपालिकाको वडा नम्बर १ र २ तथा ओमसतियाको वडा नम्बर ४ का मतदाताको घरदैलोमा पुगेका छन् । घरदैलोका क्रममा उम्मेदवारसंग मतदाताले बसन्तपुर–गणेशनगर सडक छिटो पूरा गर्न सके दक्षिणी क्षेत्रका जनतालाई पुर्व पश्चिम राजमार्ग पुग्न सहज र छिटो हुने भन्दै उम्मेदवारको ध्यानाकर्षण गराए । यस्तै मतदाताहरुले सडक, पिउने पानी र सिंचाईको राम्रो व्यवस्था गर्न माग गरे ।  

    images
    images
    images

    मतदाताहरुले देशको हित, राष्ट्रियताको रक्षा र विकासका लागि फेरि पनि एमाले राप्रपा र जसपाको गठन्धनले जित्नुपर्ने भदै जितको शुभकामनासहित आशिर्वाद दिएका छन् । 

    सो अवसरमा प्रतिनिधि सभा उम्मेदवार छविलाल विश्वकर्माले एमाले नेतृत्वको सरकारले तराई मधेशमा हुलाकी राजमार्ग र सदरमुकाम जोड्ने सडकका लागि ठूलो वजेट छुट्टाएकाले मधेशको विकास हुन थालेको बताए । प्रदेश सभा सदस्यका उम्मेदवार दधिराम न्यौपानेले एमाले सरकारले अघि बढाएका विकास निर्माणका अधुरा योजना पुरा गर्न फेरि एमालेले जित्नुपर्ने बताए । 

    राप्रपाका सहायक महामन्त्री ताहिर अली भाटले रुपन्देही १ मा एमाले राप्रपा जसपा गठबन्धन विपक्षी भन्दा ठूलो मतान्तरले अगाडि रहेकाले उत्साहित भएर जनतालाई मतदाता शिक्षा दिनुपर्ने सुझाव दिए । घरदैलोमा एमाले क्षेत्रीय संयोजक वेद गिरी, जिल्ला कमिटी सदस्य प्रदीप पाण्डे जसपाकी प्रदेश सभाका समानुपातिक उम्मेदवार मधु सिंह लगायत सहभागी थिए ।  मतदाताले न्यानो माया र आशीर्वाद दिएपछि एमाले उम्मेदवारहरु उत्साहित भएका छन् ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij