images

सोमवार, बैशाख २४ गते २०८१

रुपन्देही–१ का ३३ वटै वडामा पाँचदलीय गठबन्धनको संयुक्त कार्यालय 

रुपन्देही–१ का ३३ वटै वडामा पाँचदलीय गठबन्धनको संयुक्त कार्यालय 

images
images
images
बिहिवार, कार्तिक १७ २०७९
बिहिवार, कार्तिक १७ २०७९
  • रुपन्देही–१ का ३३ वटै वडामा पाँचदलीय गठबन्धनको संयुक्त कार्यालय 

    देवदह, १७ कात्तिक । 
    सत्तारूढ पाँच दलिय गठबन्धनले रुपन्देही क्षेत्र नम्बर १ का ३३ वटै वडामा संयुक्त सम्पर्क कार्यालय उद्घाटन गरेको छ । चारदिन अघि कात्तिक १२ गते रोहिणी गाउँपालिका वडा नम्बर १ स्थित दुगौलीबाट सुरू भएको कार्यालय उद्घाटन कार्यक्रम बुधबार देवदह वडा नम्बर ३ को सुर्यपुरामा कार्यालय उद्घाटनसँगै सकिएको हो ।

    images
    images
    images

    सम्पर्क कार्यालय उद्घाटन गर्दै पाँचदलीय गठबन्धनको समर्थनमा प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले संविधानको रक्षा र यस क्षेत्रको विकासका लागि गठबन्धनले जित्नुपर्ने बताए । 

    भुसालले परिवर्तनलाई संस्थागत गर्न र देशलाई आर्थिक विकासको दिशामा अगाडि बढाउन संविधानको रक्षा अनिवार्य सर्त रहेको धारणा व्यक्त गरे । 

    देवदहलाई युनेस्कोमा दर्ता गर्नकालागि पहल गर्ने र बुद्ध मावलीको रूपमा त्यसको सम्भावना पनि रहेको उल्लेख गर्दै उनले रूपन्देही–१ को विकासका लागि स्रोत र साधनको कमी हुन नदिइने प्रतिवद्धता व्यक्त गरे ।

    त्यसै गरी रुपन्देही क्षेत्र नम्बर १ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार अब्दुल रज्जाकले मतदातालाई कुनै पनि प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरे । मासु र रक्सीसँग भोट साट्ने उम्मेदवारले देश विकास भन्दा पनि विनासको बाटोमा लैजाने भन्दै त्यस्ता उम्मेदवार सँग सजक रहन अनुरोध गरे ।
    आन्दोलन, त्याग र बलिदानबाट बनाइएको संविधानविपरीत कार्य गर्नेले जनताको काम गर्न नसक्ने बताउँदै उनले जनताको हरेक सुखदुःख र विकास निर्माणमा नेपाली काँग्रेस सदैव जनताको साथमा रहेको बताए । अहिलेको निर्वाचन विकासवादी र गफ मात्र गर्नेको बीचमा भएको तर्क गर्दै उनले जनताको मर्म बुझ्ने र जनताको साथमा रहने नेतालाई चुन्ने कि चुनावको बेलामा भोट माग्न आउने र अरु बेला सम्पर्कबिहीन हुने नेतालाई चुन्ने भनेर विचार मतदाताले विचार गर्नुपर्ने बताए ।

    सोही क्रममा रुपन्देही क्षेत्र नम्बर १ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार विश्वनाथ यादवले भुमिहिनको समस्या समाधान र क्षेत्र नम्बर १ को विकासका लागि गठबन्धनका उम्मेदवारहरु अग्रपंक्तिमा रहेर काम गर्ने बताए । गठबन्धनको एकतामा इमानदारिता रहेको बताउँदै उनले गठबन्धनका उम्मेदवारहरुलाइ जनताले निर्धक्क साथ विश्वास गर्न र मतदान गर्न जनतालाइ आग्रह गरे ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij