२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

भैरहवामा आजदेखि ‘सिद्धार्थनगर साँस्कृतिक मेला–२०७९’ 

बिहिवार , कार्तिक १७, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १७ कात्तिक ।
    लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा भैरहवामा बिहीबार (आज) देखि प्रथम सिद्धार्थनगर साँस्कृतिक मेला–२०७९  सुरु हुँदैछ । मेला यही कात्तिक २७ गतेसम्म सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा सञ्चालन हुने क्लबले जनाएको छ । मेलाको आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ ।

    क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले मेला बिहान ११ देखि राति ८ बजेसम्म सञ्चालन हुने बताए । उनले मेलामा प्रवेश शुल्क वापत रु. ७० तथा विद्यार्थी र बालबालिकाका लागि रु.५० तोकिएको जानकारी दिए । उनले भने, ‘मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त कलाकारको प्रस्तुति रहनेछ, त्यस्तै डान्स आइडल प्रतियोगिता समेत आयोजना हुनेछ, डान्स आइडलमा प्रथम पुरस्कार रु. ३० हजार ५ सय ५५, द्वितीय पुरस्कार रु. १५ हजार ५ सय ५५, तृतीय पुरस्कार रु. १० हजार ५ सय ५५ र सान्त्वना पुरस्कार रु. ५ हजार ५ सय ५५ प्रदान गरिनेछ ।’ मेलामा आउने दर्शकलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय ख्याती प्राप्त भोजपुरी कलाकारको समेत प्रस्तुती रहने उपाध्यायले जानकारी दिए । 

    मेलामा स्थानीय कलाकारसँगै ज्योती मगर, प्रिति आले, हेमन्त शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, कर्णराज गिरी, प्रिति पासवान, बबिता धिताल लगायतको प्रस्तुति रहने उपाध्यायले जानकारी दिए । त्यस्तै भारतबाट कलाकार रितेश पाण्डे, समर सिंह, शिल्पीराज लगायत पनि मेलामा आउने उनले बताए ।

    मेलामा व्यवसायिक, कृषि, होटल रेष्टुरेण्ट, बाल उद्यान लगायत गरी ५० वटा बढी स्टल रहने उनको भनाइ छ । मेलामा ५० हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको उपाध्यायले बताए । मेलाको अन्तिम २ दिन कुस्ती प्रतियोगिताको पनि आयोजना गर्ने उनले बताए ।

    सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ भैरहवा लिगेसीले सामाजिक गर्ने उद्देश्यले मेलाको आयोजना गरेको कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाले बताए । मेला आयोजनापश्चात बचेको रकमबाट अपांगता भएका व्यक्ति तथा असहायलाई सहयोग गरिने शुक्लाले जानकारी दिए । मेला आयोजना गर्न अनुमानित रु. २५ लाख खर्च लाग्ने उनले बताए । मेलाको सह–आयोजक सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय र सहयोगी जे.एम.डी. ग्रुप बुटवल रहेको उनले जानकारी दिए ।