images

सोमवार, बैशाख २४ गते २०८१

२०७४ मा कांग्रेसबाट निर्वाचित ओमसतिया–२ का अध्यक्ष राप्रपामा प्रवेश

२०७४ मा कांग्रेसबाट निर्वाचित ओमसतिया–२ का अध्यक्ष राप्रपामा प्रवेश

images
images
images
बुधवार, कार्तिक १६ २०७९
बुधवार, कार्तिक १६ २०७९
  • २०७४ मा कांग्रेसबाट निर्वाचित ओमसतिया–२ का अध्यक्ष राप्रपामा प्रवेश

    भैरहवा, १६ कात्तिक । 
    २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष ज्ञानेश श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका श्रेष्ठसहित १५ जना राप्रपामा प्रवेश गरेका हुन् ।

    images
    images
    images

    कांग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई मंगलबार भैरहवामा भएको एक कार्यक्रम राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक बोहरा, पूर्व गृहमन्त्री निरञ्जन थापा, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले पार्टीमा स्वागत गरे ।

    कार्यक्रममा कांग्रेस रुपन्देहीका जिल्ला सदस्य शिला पासी, कांग्रेसका क्रियाशिल सदस्य तथा लुम्बिनी निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष सुन्दर गुप्ता, कांग्रेस ओमसतिया गाउँपालिकाका सदस्य विष्णु प्रसाद श्रेष्ठ, क्रियाशिल सदस्यहरु श्याम गुप्ता, बैजु कुर्मी, दुर्गेश खरबिन्द, बुद्धिमान श्रेष्ठ, विशाल यादव, पुजा चाई, संजय थापा, अमर गुरुङ लगायत १५ जना राप्रपामा प्रवेश गर्नुभएको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीले जानकारी दिए ।
    कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले निर्वाचको बेला मतदाता प्रभावित गर्ने काम हुन सक्ने भएकाले सचेत हुनुपर्ने बताए । उनले भैरहवा पुत्र दीपक बोहरालाई अत्याधिक मतले जिताउनुपर्ने बताए । उनले भने, ‘दीपक बोहरा राम्रो र उपयुक्त उम्मेदवार हुनुहुन्छ भनेर नेपाली कांग्रेसले २०७४ सालको निर्वाचनमा बोहराजीलाई समर्थन गरेर प्रमाणित गरिसकेको छ ।’

    नेकपा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदीले पाँचदलीय गठबन्धनका उम्मेदवार आगामी निर्वाचनमा पराजित हुने दावी गरे ।

    जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (क) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले सत्तामा रहेका दलहरु कमजोर भएका कारण गठबन्धन गरेको बताए । उनले मुलुकको विकासका लागि एमाले, राप्रपा र जसपालाई जिताउनुपर्नेमा जोड दिए ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij