२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

बुटवलले विकासको क्षेत्रमा असाधारण फड्दो मार्दैछ : विष्णु पौडेल  

बुधवार , कार्तिक १६, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, १६ कात्तिक ।
    पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दावी गरेका छन् । यहाँ सुरु गरिएका ठूला विकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको विकास मुलुककैं लागि नमूना देखिने उनको दावी छ । 
    बुटवल–११ प्रगतिनगरमा बुधबार मतदाताहरुसँग अन्तरक्रिया गर्दै पौडेलले यहाँ सुरु गरिएका ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ्ग नदिएर सम्पन्न गर्दा यहाँका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार हुने दाबी गर्नुभयो ।

    प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले तिनाउ–दानव करिडोर निर्माण भएपछि बुटवल नमूना शहरको रुपमा विकास हुने दावी गरे । कोरिडोर निर्माणको नाममा यहाँका कुनै पनि बासिन्दालाई मर्कामा नपारिने उनले स्पष्ट पारे । नदी नियन्त्रण गरी व्यवस्थित शहर निर्माण गर्ने उद्देश्यले कोरिडोर निर्माणको काम अघि बढाइएको बताउँदे उनले कोरिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए ।

    कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र विकासका कामलाई पूर्णता दिनका लागि मंसिर ४ मा सुर्यमा मतदान गर्न आग्रह गरे । जनताको समस्या बुझ्न र विकासका लागि नेकपा एमालेको नेतृत्व अनिवार्य रहेको बताउँदे उनले आगमी मंसिर ४ मा जनताले एमालेकै पक्षमा फैसला गर्ने दावी गरे । त्यसै गरी बुटवलमा निर्माण हुँदे गरेको महत्वकांक्षी योजना तिनाउ–दानव कोरिडोरले यहाँको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याउने दावी गरे ।