images

सोमवार, बैशाख २४ गते २०८१

नेपाली काँग्रेसको वटमलाईन देउवा प्रधानमन्त्री : डा.महत

नेपाली काँग्रेसको वटमलाईन देउवा प्रधानमन्त्री : डा.महत

images
images
images
बुधवार, कार्तिक १६ २०७९
बुधवार, कार्तिक १६ २०७९
  • नेपाली काँग्रेसको वटमलाईन देउवा प्रधानमन्त्री : डा.महत

    बुटवल, १६ कार्तिक ।
    नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्ने बताएका छन् । उनले  निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली काँग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने बताए ।

    images
    images
    images

    काँग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा महतले  १६५ सिट मध्ये ९१ सिटमा नेपाली काँग्रेस उम्मेदार भएकोले अन्य पार्टी भन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने दावी गरे ।

    बुधवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता डां महतले गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मुल्यांकन गर्न जिकिर गरे ।

    नेपाली काँग्रेसले जारी गरेको घोषणापत्रमा पनि रेल सञ्चालन बुँदा समेटिएको छ ? एमालेले जारी गरेको  घोषणापत्रमा पनि रेल सञ्चालन गर्ने र काँग्रेसले ल्याउने रेल एउटै हो की फरक हो भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा प्रवक्ता डा.महतले भने, हामीले चलाउने भनेको आन्तरिक यातायातको लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक छैन् । हामी ऋण काढेर रेलमा लगानी गर्नै पक्षमा छैनौं ।

    कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.डिला संग्रौलाले आगामी दिनमा संघीय निर्वाचनमा काँग्रेसका महिला नेतृहरुलाई प्रत्यक्षमा उठाउने गरी अगाडि बढ्ने जनाइन् ।  कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र  तेजेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij