images

सोमवार, बैशाख २४ गते २०८१

सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टाचार : छविलाल विश्वकर्मा

सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टाचार : छविलाल विश्वकर्मा

images
images
images
बुधवार, कार्तिक १६ २०७९
बुधवार, कार्तिक १६ २०७९
  • सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टाचार : छविलाल विश्वकर्मा

    रुपन्देही, १६ कात्तिक ।
    नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छविलाल विश्वकर्माले सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढेको बताएका छन् । उनले सत्ता गठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप समेत लगाए । 

    images
    images
    images

    देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संयुक्त प्रचार प्रसार कार्यालयको बुधबार उद्घाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले राष्ट्रको अहितमा काम गरेका सत्ता गठबन्धनलाई परास्त गर्ने बेला आएकोले कार्यकर्ताहरु सचेत भएर लाग्नुपर्नेमा जोड दिए । 

    रुपन्देहीको क्षेत्र नम्वर १ का विभिन्न स्थानलाई जोड्ने गरी सडक सञ्जालका योजनाहरु अगाडि बढेको बताउँदै एमाले सचिव तथा पूर्वमन्त्री समेत रहेका विश्वकर्माले एमाले नेतृत्वको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका ः एक अस्पतालको अवधारणा अगाडि सारेको बताए ।

    उनले आफुले क्षेत्र नम्बर १ को विकासको लागि विभिन्न योजनाहरु अगाडि सारे पनि सत्ता गठबन्धनले बजेट होल्ड गर्दा विकास निर्माणका कामहरु अगाडि बढ्न नसकेको बताए । उनले रोहिणी नदीलाई व्यवस्थित गर्नको लागि राष्ट्रिय योजनाको रुपमा अगाडि सार्नेमा जोड दिए ।

    सोही अवसरमा बोल्दै एमालेका केन्द्रिय अनुशासन आयोगका सदस्य तथा संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक डा. कृष्णप्रसाद न्यौपानेले स्वतन्त्र उम्मेदवार घनश्याम भूसालमा राजनीतिक संस्कार नभएको आरोप लगाए । उनले पार्टीको जिम्मेवारीलाई छोडेर स्वतन्त्र रुपमा निर्वाचन लड्नेहरुलाई जनताले सवक सिकाउने बताए । उनले रुपन्देही क्षेत्र नम्वर १ को अधुरा योजनाहरु सम्पन्न गर्नको लागि एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए । 

    एमाले जिल्ला कमिटी सदस्य प्रजापति सापकोटाको अध्यक्षता, राप्रपा देवदहका अध्यक्ष माधव रिमालको स्वागत र नारायण ठकुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij