images

सोमवार, बैशाख २४ गते २०८१

पाँचदलीय गठबन्धनले धार्मिक स्वतन्त्रतालाई जोड दिएको छ : खाँण

पाँचदलीय गठबन्धनले धार्मिक स्वतन्त्रतालाई जोड दिएको छ : खाँण

images
images
images
बुधवार, कार्तिक १६ २०७९
बुधवार, कार्तिक १६ २०७९
  • पाँचदलीय गठबन्धनले धार्मिक स्वतन्त्रतालाई जोड दिएको छ : खाँण

    भैरहवा, १६ कात्तिक ।
    गृहमन्त्री बालकृष्ण खाँणले नेपाल बहुजाती, बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले सबै जातजाती, धर्म–समुदाय एकआपसमा मिलेर बस्नु आजको आवश्यकता भएको बताएका छन् ।

    images
    images
    images

    नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति रुपन्देहीद्वारा बुधवार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ मा पाँचदलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार समेत रहेका खाँणले लोकतन्त्र र धार्मिक स्वतन्त्रता एक सिक्काका दुई पाटा भएको बताए ।

    ‘नेपाली कांग्रेस लगायतका पाँचदलीय गठबन्धनले धार्मिक स्वतन्त्रता र आर्थिक समानतालाई जोड दिएको छ’, खाँणले भने, ‘लोकतन्त्रमा धार्मिक स्वतन्त्रता भएमा नै बल्ल लोकतन्त्र मजबुत हुन्छ ।’ तर, अहिले पुरानै व्यवस्था र शासन चाहिन्छ भन्दै हिँड्ने पार्टी पनि रहेको उनले बताए ।

    लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको उल्लेख गर्दै खाँणले गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरि नेपाली जनतालाई खुशीयालीमा बदल्न सक्नुपर्ने बताए । सबै धर्म समुदायको संस्कृतिको संरक्षणका लागि आवश्यक पूर्वाधार विकासका लागि स्थानीय, प्रदेश र संघ सरकारले लगानी गर्ने उनले बताए ।

    ‘सबै धर्म सम्प्रदायको आ–आफ्नो संस्कृति अनुरुप जीवनको अन्तिम संस्कारका लागि आवश्यक पर्ने घाट तथा कब्रस्तानलाई व्यवस्थित गर्ने दायित्व सरकारको हो’, खाँणले भने, ‘मुस्लिम समुदायको पनि सबै सहर र बस्तीमा कब्रस्तान व्यवस्थित बन्न जरुरी छ । कब्रस्तान व्यवस्थित नहुँदा मुस्लिम समुदायका मृतकलाई अन्तिम संस्कार गर्न समस्या भइरहेको छ । यसमा हामीले ध्यान दिन्छौं ।’

    मुलुकमा शान्ति, सुशासन र स्थायीत्वका लागि सबै जाति तथा समुदायबीच सहकार्य र एकताको आबश्यकता रहेको उनले बताए । सहकार्य र एकताका लागि साथ दिन खाँणले सबै नेपाली नागरिकलाई आग्रह पनि गरे । नेपालको सीमानामा बसोवास गर्ने जुनसुकै जाति समुदाय भए पनि उनीहरुले नेपाली भूमिको रक्षा गर्दै आएकाले असली सीमा रक्षक उनीहरु नै भएको उनले बताए । क्षेत्र नम्बर ३ (क) का उम्मेदवार सन्तोषकुमार पाण्डेयले सबै धर्म, जातजाति, वर्ग, समुदायको सम्मान गर्ने गठबन्धन भएकाले निर्धक्क भएर जिताउन आग्रह गरे ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij