२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

सैनामैनामा विभिन्न पार्टी परित्याग गरेर ५१ जना एमालेमा प्रवेश 

बुधवार , कार्तिक १६, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • सैनामैना, १६ कात्तिक ।
    रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ स्थित बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् । मुलुकको विकास र समृद्धि, राष्ट्रियताको रक्षाको लागि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा एमालेलाई जिताउनुपर्ने निष्कर्षका साथ एमालेलाई रोजेको पार्टी प्रवेश गर्नेहरुले बताएका छन् । 

    कार्यक्रममा एमालेका नेताहरुले क्षेत्र नम्बर ५ का बासिन्दाले योग्य र विकासप्रेमी जनप्रतिनिधि चाहेकोले पार्टीले सोहीअनुसार उम्मेदवार उठाएको बताउँदै चुनावी अभियानमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए । 

    सो अवसरमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले मुलुकको विकास र समृद्धिको लागि नेकपा एमालेको विकल्प नभएको बताए । उनले क्षेत्र नम्बर ५ लाई विकासमा नमूना बनाउने आफ्नो स्पष्ट भिजन रहेको बताए । 

    त्यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले सत्तामा भएर पनि एमालेसँग एकल चुनाव लड्ने आँट नभएको बताए । उनले नेपाली काँग्रेसले धेरै पार्टी मिलाएर गठबन्धन गरेको चर्चा गर्दै एमालेको जीत सुनिश्चित गर्न मतदाता जाग्नुपर्ने समय आएको बताए ।

    कार्यक्रममा एमाले रुपन्देहीका जिल्ला उपसचिव चित्रबहादुर कार्कीले सैनामैना नगरपालिकामा एमालेको नेतृत्व रहँदा सुरु भएका सैनामैना चक्रपथलगायतका विकासका कामलाई अघि बढाउन समेत एमाले उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे ।

    पार्टी प्रवेश गरेका राजु थारुले आफ्नो क्षेत्रमा एमालेले विकासको लागि महत्वपूर्ण काम गरेकोले आफूहरु राजी खुसी पार्टी प्रवेश गरेको बताए ।