images

आइतवार, बैशाख २३ गते २०८१

असन्तुुष्ट हुदैमा निर्वाचन बिथोल्न पाईदैन : गृहमन्त्री खाँण  

असन्तुुष्ट हुदैमा निर्वाचन बिथोल्न पाईदैन : गृहमन्त्री खाँण  

images
images
images
बुधवार, कार्तिक १६ २०७९
बुधवार, कार्तिक १६ २०७९
  • असन्तुुष्ट हुदैमा निर्वाचन बिथोल्न पाईदैन : गृहमन्त्री खाँण  

    भैरहवा, कात्तिक १६ गते ।  गृहमन्त्री बालकृष्ण खाँणले बर्तमान ब्यबस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीती भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनितीको मुलधारमा ल्याउन सरकारले पहल गरीरहेको जानकारी दिएका छन् । उनले असन्तुष्टि जाहेर गर्ने अधिकार सवै नागरीक र दलहरुलाई भए पनि निर्वाचन विथोल्ने अधिकार भने कसैलाई नभएको स्पष्ट समेत पारेका छन्।

    images
    images
    images

    बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मुलधारको राजनीतीमा आउन समेत आग्रह गरे । ‘हामी मिल्ने सम्म लचक भएर असन्तुष्ट दलहरुसगं सम्वाद र छलफल गरीरहेका छौ । उनले भने – कतिपय मागहरु ऐन संसोधन बिना सम्वोधन गर्न सकीदैन । सरकारले ऐन तर्जुमा गरेर भएपनि जायज माग सम्वोधन गरी असन्तुष्ट समूहलाई मुलधारमा ल्याउने प्रयत्न गरीरहेको छ ।’

    गृहमन्त्री खाँणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको पनि बताए । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्ययमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’

    उनले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहीत निर्वाचन गराउन प्रतिवद्ध भएको बताउदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रह समेत गरे । ‘सबै नागरिक सुरक्षीत होउन् । ढुक्कसंग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने,‘त्यसकालागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाकी नराख्नु ।’

    गृहमन्त्रालय र आन्तरीक मामिला, कानुन तथा संचा मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ससस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरु सहभागी छन् । उनीहरुले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij