images

आइतवार, बैशाख २३ गते २०८१

भैरहवाका युवाहरु भन्छन्,– ‘दीपक बोहरालाई जिताउन लागिपरेका छौं’

भैरहवाका युवाहरु भन्छन्,– ‘दीपक बोहरालाई जिताउन लागिपरेका छौं’

images
images
images
बुधवार, कार्तिक १६ २०७९
बुधवार, कार्तिक १६ २०७९
  • भैरहवाका युवाहरु भन्छन्,– ‘दीपक बोहरालाई जिताउन लागिपरेका छौं’

    भैरहवा, १६ कात्तिक । 
    भैरहवाका युवाहरुले प्रतिनिधि सभा सदस्यमा राप्रपाका वरिष्ठ नेता तथा पूर्व मन्त्री दीपक बोहरालाई जिताउन कम्मर कंसेर लागेको बताएका छन् । 

    images
    images
    images

    भैरहवाका स्थानीय समेत भएका कारण रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यम बोहरालाई जिताउनुपर्ने उनीहरुको भनाइ छ ।

    राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगर सचिव रोशन बहादुर थापाले राप्रपाका नेता दीपक बोहरा र जिताउन युवाले कम्मर कसिसकेको बताए । थापाले भने, ‘प्रतिनिधिसभा सदस्यमा दीपक बोहरा र प्रदेशसभा सदस्यमा महेन्द्र यादवलाई जुटाउन एकजुट भएर अगाडि बढेका छौं । ’

    कार्यक्रममा बोल्दै जसपाका केन्द्रिय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (क)का उम्मेदवार महेन्द्र यादवले मुलुकको नेतृत्व केपी ओलीले नगरेसम्म विकास हुन नसक्ने बताए । उनले एमाले, राप्रपा र जसपालाई मतदान गर्न आग्रह गरे । उनले भने, ‘हामी साझा उम्मेदवार हौं । मलाई विश्वास छ अब कुनै शक्तिले हामीलाई निर्वाचन जित्नबाट रोक्न सक्दैन । ’

    राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप कुमार उदयले यो तालमेल रहरले नभएको बताए । सत्तामा रहेका दलहरुले गठबन्धन बनाएपछि विपक्षी पार्टीले तालमेल गरेको उनले बताए । मुलुकलाई स्थिरता दिनका लागी तीनदलीय चुनावी तालमेल भएकाले जनताले विजयी बनाउनुपर्ने बताए । उदयले भने, ‘गठबन्धनको सरकार बनेपछि आज मूल्यवृद्धि थेग्न सक्ने अवस्थामा छैन । बैंक ब्याजदर समेत बढेको छ ।’

    अहिले सरकारले महंगी बढाएकाले तीनदललाई मत दिनुपर्ने बताउँदै उदयले भने, ‘यो सरकार महंगी वृद्धि गर्न लागेको छ, त्यसैले हामीलाई मत दिनुहोस । ’

    नेकपा एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले युवा शक्तिले विभिन्न आरोह अवरोह पार गर्दै आएको बताउँदै युवाले चाहेमा आंधिबेरी ल्याउन सक्ने बताए ।

    राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीले केपी ओलीलाई देशको प्रधानमन्त्री बनाउनका लागी युवाहरुले प्रतिनिधि सभा सदस्यमा दीपक बोहरालाई जिताउनुपर्ने बताए । 

    जसपाका युवा नेता रुपन्देही क्षेत्र नम्बर ३ का अध्यक्ष जावेद आलमले सत्ता र शक्तिको दम्भ कसैले देखाउन नहुने बताए ।

    7-15.jpg

    संयुक्त नगर युवा परिचालन समितिको संयोजकमा एमालेबाट कृष्ण मल्ल ठकुरी, सह–संयोजकमा जसपाबाट राहुल यादव र राप्रपाबाट गोपाल खनाल चयन भएको संयुक्त निर्वाचन परिचालन समितिका सह–संयोजक तथा राप्रपा रुपन्देहीका सचिव बलराम शर्माले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij