२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउँछौं : गृहमन्त्री खाँण

मंगलवार , कार्तिक १५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १५ कात्तिक ।
    गृहमन्त्री बालकृष्ण खाँणले लामो संघर्ष पश्चात् ल्याएको व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाबीच गठबन्धन गरेर निर्वाचनमा होमिएको बताएका छन् ।

    उनले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउने बताए । मुलुकमा शान्ति, स्थिरता, सुशासन र विकास एउटै दलले बहुमत ल्याएर गर्न अफ्ठ््यारो पर्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको उनको भनाइ थियो । 

    सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले मंगलबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सार्वभौमसत्ता जनतामा नीहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए ।

    गठबन्धन सरकार निर्माणका लागि मात्रै नभएर मुलुकमा शान्ति स्थापना गरी अग्रगमनको बाटोमा लैजान गरिएको उनको भनाइ थियो ।

    प्रदेश सभा (क) का उम्मेदवार लोसपा नेता एवं पूर्वमन्त्री सन्तोषकुमार पाण्डेयले जनताको काम गर्ने र जनताका गुनासा सुन्ने उम्मेदवारलाई मत दिन आग्रह गरे । उनले गठबन्धनको जित सुुनिश्चित भइसकेको दावी गरे । ‘हाम्रो जीत सुनिश्चित भइसकेको छ, अब कति मतान्तरले जित्ने भन्ने मात्रै हो, यसका लागि सबै मतदाताले गठबन्धनको पक्षमा प्रचारप्रसार गर्नुस्, मत दिनुस्’, उनले भने ।