images

आइतवार, बैशाख २३ गते २०८१

मतदाताको घरदैलोमा प्रतिवद्धता लिएर पुग्दै घिमिरे

मतदाताको घरदैलोमा प्रतिवद्धता लिएर पुग्दै घिमिरे

images
images
images
मंगलवार, कार्तिक १५ २०७९
मंगलवार, कार्तिक १५ २०७९
  • मतदाताको घरदैलोमा प्रतिवद्धता लिएर पुग्दै घिमिरे

    रुपन्देही, १५ कात्तिक ।
    रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले आफ्नो प्रतिवद्धतासहित विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट थालेका छन् ।

    images
    images
    images

    यसअघि तिलोत्तमा नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाएर चर्चामा आएका पूर्व नगर प्रमुख घिमिरेले मंगलबार कञ्चन, गैडहवा र लुम्बिनी साँस्कृतिक नगरपालिकाका मतदाताहरुसँग भेटघाट गरेका हुन् ।  

    उनीसँगै मतदाता भेटघाटमा प्रदेश सभा सदस्यका उम्मेदवार भुमिश्वर ढकाल, रामचन्द्र यादव लगायत पार्टीका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो । मतदातासँगको भेटघाटका उम्मेदवार घिमिरेले विश्व समुदायमा नेपाललाई चिनाउने लुम्बिनी समेत रहेको रुपन्देही क्षेत्र नम्बर ५ को समग्र विकासका लागि आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताउँदै निर्वाचनमा जिताउन मतदातालाई आग्रह गरेका छन् ।

    घिमिरेले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा बढी जोड दिने र नेपाल र भारतबीच रहेको सीमा र भन्सारको समस्या समाधानमा महत्वपूर्ण भूमिका सहित सडक पूर्वाधारका आयोजनाहरुलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

    एमाले नेता घिमिरेले नेकपा एमालेले अघि सारेको योजनाबाट क्षेत्र नम्बर ५ मा विकासको लहर ल्याउने बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij