२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

करिडोरपीडितलाई व्यवस्थापन गरेर मात्रै बनाइन्छ :  लिला गिरी

मंगलवार , कार्तिक १५, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल, १५ कात्तिक । 
    नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ (१) का उम्मेदवार लिला गिरीले तिनाउ दानव कोरिडोरका जनतालाई स्थापित गरेर मात्र योजना अघि बढाउने बताएका छन् । कोरिडोर क्षेत्रभित्र पर्ने स्थानस्यलाई बुटवल भित्रै स्थापित गरेर मात्र सो क्षेत्रमा कोरिडोरको कार्य अघि बढाउने उनको भनाइ छ ।

    ‘कोरिडोर भित्र पर्ने स्थानीयहरुलाई बुटवल भित्रको कुनै स्थानमा स्थापित गर्छौ । यो योजनाबाट कोही पनि विस्थापित हुनु पर्दैन । हामीले सुरु देखि यहाँका नागरिकलाई अन्यत्र स्थापित गरेरै योजना अघि बढाउने भनेका छौ । त्यो गर्छौ पनि ।’ उनले भने ।

    त्यस्तै उनले सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन एमालेको पहिलो कार्य रहेको बताए । बुटवल–११ मा आयोजित तिलोत्तमा टोल भेला कार्यक्रममा बोल्दै उनले आफुहरु निर्वाचित भएपछिको पहिलो कार्य स्वरुप सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने बताए ।

    एमाले नेतृत्वको सरकार रहँदा भुमिहिनहरुलाई लालपुर्जा वितरणको कार्य भुमि आयोग गठन गरेर सुरु गर्दै गर्दा पार्टी सरकारबाट बाहिरिनु परेको भन्दै उनले अब हातहातमा लालपुर्जाको वितरण अब एमालेले आगामी निर्वाचनपछि गर्ने बताए । अहिले सरकार भुमिहिनको समस्या प्रति गम्भिर नभएको बताउँदै नेता गिरीले एमाले सरकार रहँदा वा नरहँदा सधै भुमिहिन, सुकुमबासी, अव्यवस्थित बसोबासीको पक्षमा रहेको बताए ।

    ‘हामी पहलमा बुद्धनगरलाई बुटवल जोड्ने पुल बनायौ । तिनाउ पारीलाई साँच्चै नमुना बनाउन कोरिडोरको योजना अघि बढेको छ । बेलबास–बेथरी सडक निर्माणधिन अवस्थामा छ । यी योजना सम्पन्न भएपछि बुद्धनगर, तिलोत्तमा मात्र होइन, वडा नंम्ब। ११ को तिनाउ वारी साँच्चै समृद्ध बन्नेछ ।’ उनले भने ।