images
images

शनिवार, जेठ ५ गते २०८१

ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकास पाउँछ : निरञ्जन थापा 

ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकास पाउँछ : निरञ्जन थापा 

images
images
images
मंगलवार, कार्तिक १५ २०७९
मंगलवार, कार्तिक १५ २०७९
  • ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकास पाउँछ : निरञ्जन थापा 
    भैरहवा, १५ कात्तिक ।
    राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले सत्ताधारी दलकाे गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको आराेप लगाएका छन् । 

    थापाले याे सरकारका कारण उद्योगी व्यवसायी तथा नागरिक असन्तुष्ट रहेको बताएका छन् । उनले भने, ‘पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा गएपछि बेरोजगारलाई स्वदेशमै रोजगारी दिन्छौं ।’ कार्यक्रममा उनले रुपन्देहीमा सञ्चालित पाँच वटा स्टील उद्योग बन्द भएको पनि बताए ।

    images
    images
    images

    पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री को हो ? भन्दै उनले कांग्रेसका नेताहरूले अबको प्रधानमन्त्री शेरबहादुर देउवा भन्ने गरेकाे तर गठबन्धनका नेता डा. बाबुराम भटराई अबको प्रधानमन्त्री प्रचण्ड भन्ने गरेकाे बताए । उनले भने, 'सतारुढ गठबन्धनमा स्पष्टता छैन । तर यता तीन दलीय तालमेलको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने पक्का भइसकेकाे छ ।' उनले ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउने बताए । 

    उनले दीपक बोहरालाई निर्वाचन जिताउनुपर्ने पनि बताए । उनीले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताए विकासले थप गति लिने दावी गरे । बोहराको अगुवाइमा भएका विकास निर्माणबारे जनताले राम्रोसँग बुझेकाले बोहराको जित सुनिश्चित भएको दावी गरे । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij