२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

नवलपरासीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते  

मंगलवार , कार्तिक १५, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • नवलपरासी(पश्चिम), १५ कात्तिक ।सुस्ता गाउँपालिका–४ स्थित नर्सही घोलामा डुङ्गा पल्टिँदा ३ जनाको सोमबार साँझ मृत्यु भएको छ । 

    मृत्यु हुनेहरुमा सोही गाउँपालिका–४ गोकुलनगर बस्ने २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रन्जित गुप्ता रहेका छन् । घोलापारी रहेको पटनहियामा पिकनिक गई फर्किएका सुस्ता गाउँपालिका–४ गोकुलनगर बस्ने ५ जना डुङ्गामा चढी घोला तर्ने क्रममा अचानक डुङ्गा पल्टिएको प्रहरीले जनाएको छ । 

    डुङ्गा पल्टिएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी नर्सहीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उनीहरूलाई उद्दार गरी उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु हो । घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित सहानिको सोही अस्पतालमा उपचार भइरहेको छ ।