२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

रोहिणी गाउँपालिकामा आज पनि सार्वजनिक बिदा

सोमवार , कार्तिक १४, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १४ कात्तिक ।
    रुपन्देहीको रोहिणी गाउँपालिकामा सोमबार (आज) पनि सार्वजनिक बिदा रहेको छ । संघीय सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो । रोहिणी गाउँपालिकाले छठको अन्तिम दिन पनि बिदा दिएको हो ।

    गाउँकार्यपालिकाको निर्णय भएकोले सोमबार अत्यावश्यकबाहेक गाउँकार्यपालिकाको कार्यालयसहित मातहतका सबै कार्यालय बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

    गाउँपालिकाले आइतबार सूचना जारी गर्दै कात्तिक १४ गते सोमबारका दिन स्थानीय सार्वजनिक विदा दिइएको जनाएको छ ।