२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक एमाले प्रवेश

आइतवार , कार्तिक १३, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, १३ कात्तिक ।
    राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक सुजल ज्ञवाली नेकपा (एमाले)मा प्रवेश गरेका छन् । यसअघि एमाले परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गरेका उनी पुनः एमालेमा फर्किएका हुन् ।

    आइतबार विज्ञप्ती जारी गर्दै ज्ञवालीले केही समय अगाडि आएको स्वतन्त्र पार्टीको हावाले आफूलाई पनि छोएको तर साढे दुई महिना सो पार्टीको लुम्बिनी प्रदेशको नेतृत्व तहमा बसेपछि प्राप्त भएको अनुभवले एमाले नै सच्चा पार्टी ठानेर पुरानै घर फर्किएको बताएका छन् ।

    ‘करिब अढाई महिना राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक नेतृत्वमा रहेर हेरे, बुझे र अनुभव गरे । त्यति मात्र नभइ केन्द्रका गतिविधि नजिकबाट नियाले । तर यथार्थ त्यो रहेनछ, केबल भ्रम मात्र रहेछ’–उनले विज्ञप्तीमा भनेका छन् ।’