२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

उज्यालो लाल्टिनको अध्यक्षमा सागर भट्टराई

आइतवार , कार्तिक १३, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • रुपन्देही, १३ कात्तिक ।
    रुपन्देहीको देवदहमा सामाजिक काम गर्दै आइरहेको युवाहरुको समूह उज्यालो लाल्टिन प्रतिष्ठान, रुपन्देहीको सातौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सागर भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । 

    समितिको उपाध्यक्षमा अभिषेक तिवारी, सचिवमा सुरज भण्डारी, सह– सचिवमा सुरज भट्टराई र कोषाध्यक्षमा अस्मिता बलाल रहेका छन् । त्यस्तै सदस्यहरुमा विराट भुषाल, नवीन रेग्मी, समज्ञा अधिकारी, रुपा न्यौपाने, कविता न्यौपाने र सोनी भण्डारी रहेका छन् ।