२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना, पाँच जनाको मृत्यु

आइतवार , कार्तिक १३, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १३ कात्तिक ।
    गोरखाको मनकामना दर्शनका लागि यात्री बोकेको बस दुर्घटनामा परेको छ । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ ।

    प्रहरीका अनुसार २५ जना घाइते भएका छन् । दुर्घटना बिहान ४ बजे भएको हो । घाइतेको उद्धार भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । न्युज कारखाना