आइतवार , कार्तिक १३, २०७९
भैरहवा, १३ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको विकासका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् । उनले मुलुकमा तीव्र विकासको जरुरी रहेको जनाउँदै अब सबैले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । खाँणले जनभावना अनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाइ विकसित बनाउन पाँचदलीय गठबन्धन गरिएको समेत दावी गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पाँचदलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले शनिबार नेपाल पूर्वप्रहरी संगठन, जिल्ला समिति रुपन्देहीले भैरहवामा आयोजना गरेको छलफलमा बोल्दै वर्तमान सरकार र गठबन्धनले मुलुकको हीतका लागि काम गरेको र आउँदा दिनमा पनि गर्ने जनाए ।
खाँणले पूर्वप्रहरीहरुलाई अवकास पछि पनि गतिशील बनाउन सकिए राष्ट्र र स्वयं व्यक्ति समेत लाभान्वित हुने जनाए । ‘सेवामा रहँदा होस् वा अवकास पछि होस्, यहाँहरुको भूमिका हरेक ठाउँमा अहम् हुने गर्छ’, गृहमन्त्री खाणँले भने । उनले सरकारले सेवामा रहँदा वा नरहँदा प्रहरी र अन्य सबै कर्मचारीहरुको सम्मान गर्ने र उनीहरुको वृद्धि विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij