२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

केपी ओलीले भने- यसपटक राप्रपा राष्ट्रिय पार्टी बन्छ

शुक्रवार , कार्तिक ११, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • झापा, ११ कात्तिक । 
    एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् । 

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि ओलीले भोट मागेका हुन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लिङ्देनका लागि भोट मागेका हुन् । उनले एमालेको इज्जतका लागि भए पनि झापा ३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने बताए ।

    देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्न पर्ने बताएका ओलीले विशेष गरी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्ने बताए । 

    आफ्ना नेता कार्यकर्तालाई एमालेले समर्थन गरेका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै भोट दिन निर्देशन दिएका उनले यसपटक राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत दाबी गरे । न्युज कारखाना