२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

आज भाइटीका, टीकाको साइत बिहान ११:३७ मा 

बिहिवार , कार्तिक १०, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १० कात्तिक ।
    कार्तिकशुक्लपक्ष द्वितीया, तिहारको पाँचौ दिन आज भाइटीका हो । दिदीबहिनीहरुले दाजुभाइको आयु, आरोग्य र सुस्वास्थ्यको कामना गर्दै सप्तरंगी टीका लगाइदिने पर्व तिहार नेपालीको दोस्रो ठूलो पर्व हो । आज भाइटीकाको साइत बिहान ११ः३७ मिनेटमा जुरेको छ ।

    आजको दिन टीका लगाइदिने ब्यक्ति पूर्व र लगाउने व्यक्ति पश्चिम फर्केर टीका लगाउन सकिन्छ ।

    दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । न्युज कारखाना