
बुधवार , कार्तिक ९, २०७९
रुपन्देही, ९ कात्तिक ।
डेंगुबाट संक्रमित भइ उपचाररत पत्रकार टेक मास्की रानाको निधन भएको छ । रुपन्देहीलाई कार्यक्षेत्र बनाएर बुटवलबाट पत्रकारिता गर्दै आएका रानाको बुधबार बिहान निधन भएको हो ।
स्याङ्गजा स्थायी घर भएका राना डेंगु लागेर तीन साता यता उपचाररत थिए । उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उनको निधन भएको हो ।
उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि अन्नतः बचाउन नसकेको भन्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गरेका छन् ।
२ दशकभन्दा लामो समय पत्रकारिता गरेका मास्के नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्व कार्यसमिति सदस्य, लुम्बिनी प्रदेश समिति सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख रहेका थिए ।
केही वर्षअघि मात्रै श्रीमती गुमाएका रानाका एक छोरा २ छोरी गरी तीन सन्तान छन् । सरल, सादगी, पेशाप्रति बफादार र लगनशील पत्रकार रानाको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको पत्रकार महासंघ तथा उनका सहकर्मीको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij