२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

समाजसेवी बुधाई चौधरीको निधन

बुधवार , कार्तिक ९, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ९ कात्तिक ।
    समाजसेवी बुधाई चौधरीको निधन भएको छ । साविक पश्चिम अमवा गाविस हाल रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ स्थित बोरहवा निवासी चौधरीको सोमबार दिउँसो साढे १२ बजे निधन भएको स्थानीय तथा राप्रपा रुपन्देहीका जिल्ला सह–सचिव रफिक शाहले बताए । 

    शाहका अनुसार वि.स. २०१२ फागुन १२ गते जन्मिएका चौधरी निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल थिए । चौधरीको निधनले अपुरणीय क्षति पुगेको उनले बताए । शाहले भने, ‘बुधाई चौधरीले समाजमा निरन्तर योगदान पुर्याउँदै आउनुभएको थियो, उहाँको असमायिक निधनले हामी अत्यन्तै दुःखित छौं ।’