२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

भजनकिर्तन मण्डलीमा युवाहरुको उत्साहजनक सहभागीता

मंगलवार , कार्तिक ८, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, ८ कात्तिक ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित भैरहवा गाउँका बासिन्दाले तिहारको अवसरमा प्रत्येक वर्ष लक्ष्मी माताको मूर्ति स्थापना गरी पूजाआजा गर्दै आएका छन् । 

    यस वर्ष पनि यहाँ लक्ष्मी माताको मुर्ति स्थापना गर्दै पूजाआजा भइरहेको मुर्ति व्यवस्थापन समितिका संयोजक २१ वर्षिय सोनु विश्वकर्माले बताए । यसरी दशै तथा शुभ दिपावलीमा माताको मूर्ति ल्याइ साँझका बेलामा हुने भजनकिर्तनमा पछिल्लो समय यहाँका युवा पुस्ताको उत्साहजनक सहभागीता देखिन्छ ।

    ‘पहिलापहिला हुने भजन किर्तनमा बुढापाकाको अगुवाइ र सहभागीता हुन्थ्यो भने अहिले हाम्रो परम्परा हामी युवाहरुले संरक्षण गर्नुपर्छ भनी यहाँका युवा पिढी लागेका छन्, ’स्थानीय मनोज ढाडीले भने ।

    २६ वर्षिय पशुपति यादवको अगुवाइमा यहाँ दशै तथा तिहार पर्वमा साझ मा भजन किर्तन हुने गर्छ, विष्णु ढाडी, मदन धवल, विजय पासी, राम प्रसाद लोहार, राजाराम ढाडीको उत्साहजनक सहभागीता हुने गर्दछ । धनतेरसको दिन लक्ष्मी माताको मुर्ति स्थापना गरी पूजाआजा गर्ने र तिहारपछि विसर्जन गर्ने चलन रहेको छ ।