२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

जनताको मनोभावनालाई बुझेर काम गर्नेछु : नेता श्रेष्ठ

सोमवार , कार्तिक ७, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, ७ कात्तिक ।
    नेकपा एमालेका प्रदेशसभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवलको विकास र जनताको सेवाबाहेक आफूले केही नसकेको बताएका छन । रुपन्देही–२ (२) का उम्मेदवार श्रेष्ठले आफूले यसअघि गरेका कामलाई जनताले देखिरहेको बताउँदै बुटवलबासीले निष्पक्ष मूल्यांकन गर्ने दावी गरे । 

    बुटवलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा बोल्दै एमाले प्रदेश उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले बुटवलका समस्याप्रति आफू जानकार रहेको बताउँदै जनताको मनोभावनालाई छोएर बुटवललाई आर्थिक र साँस्कृतिक केन्द्रको रुपमा विकास गर्न जुटने बताए । 

    ‘यहाँ विकासका ठूलो पूर्वाधारहरु बनिसकेका छन’ उम्मेदवार श्रेष्ठले भने, ‘नेपालकै पुरानोमध्येको व्यापारिक केन्द्र बुटवलका समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्दै आर्थिक र साँस्कृतिक राजधानीको रुपमा विकास गर्ने मेरो योजना छ ।’ उम्मेदवार श्रेष्ठले बुटवलका अधुरा योजनालाई पूरा गर्ने दायित्व आफ्नो रहेको बताए । 

    ‘ठूला योजनालाई खबरदारी र प्रभावकारी अनुगमनको खाँचो छ’ श्रेष्ठले भने, ‘मेरो काम गर्ने सक्ने इच्छाशक्ति छ । त्यसको लागि मिडियाका साथीहरुको पनि साथ र पूर्ण सहयोगको अपेक्षा गरेको छ । बुटवललाई बनाउने दायित्व तपाई हामी सबैको हो ।’ केही ठूला योजनाहरु कानूनी बाध्यताले प्रभावकारी रुपमा अगाडि बढन सकेका छैनन । त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अझै काम गर्न बाँकी रहेको उनको भनाइ छ । श्रेष्ठले बुटवलमा अब मानवीय विकास गर्न पनि लाग्नुपर्ने बताए । बुटवलको मेयर हुँदा पनि आफू बुटवललाई विकासको गतिमा अगाडि बढाएको कुरा बुटवलबासीलाई अबगत रहेको श्रेष्ठको भनाइ छ । 

    श्रेष्ठ २०७४ को प्रदेशसभा निर्वाचनमा पनि रुपन्देही २ (२) बाट भारी मतले विजयी भएका थिए । शंकर पोखरेल नेतृत्वको सरकारमा श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए ।