२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

तिलोत्तमा–६ मा ज्येष्ठ नागरिकलाई सम्मान 

सोमवार , कार्तिक ७, २०७९

तिलोत्तमा, ७ कात्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा  नम्बर ६ को आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडाभित्र रहेका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई एक कार्यक्रमकाबीच जाडोमा न्यानो गराउने ब्लांकेट, र सम्मानपत्रले सम्मान गरिएको हो । 

उक्त कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले ज्येष्ठ नागरिकले पुर्याएको योगदान अतुलनीय रहेको चर्चा गरे । उनले पाका पुस्ताले देखाएको बाटोमा हिंड्न सके हरेक व्यक्ति सफल हुने भन्दै ज्येष्ठ नागरिकप्रतिको सम्मानमा कहीं कसैले कमजोरी गर्न नहुने बताए ।

त्यस्तै, वडाध्यक्ष गणेश पाठकले वडाको विशेष कार्यक्रम अन्तर्गत पारिएको ज्येष्ठ नागरिक सम्मानले चाडपर्वका बेला एक आशीर्वाद ग्रहण गर्ने मौका मिलेको बताए । उनले जुनसुकै बाटोमा अघि बढ्न वा लक्ष्य प्राप्तीका लागि अग्रजको भूमिका महत्वपूर्ण हुने भन्दै हरेक नागरिकले आफू भन्दा अग्रजको कुरा सुन्ने, सल्लाह मानने र काम गर्ने गरेमा समस्या नहुने बताए ।

कार्यक्रममा वडाभित्र रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीयको उपस्थिति रहेको थियो । वडाका १ सय बढी ज्येष्ठ नागकिलाई सम्मान गरिएको थियो ।