२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

एभरग्रीन प्यासिफिक इङ्लिस हाई स्कूलको १२ औं साधारणसभा सम्पन्न

आइतवार , कार्तिक ६, २०७९

भैरहवा, ६ कात्तिक ।
एभरग्रीन प्यासिफिक इङ्लिस हाई स्कूल मायादेवी गाउँपालिका–७ हाटीबनगाईको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष सन्तराम कुर्मीको अध्यक्षता, मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीको प्रमुख आतिथ्यता, प्याब्सन मायादेवी गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद भुसाल, सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष उदय कुमार मल्लिकको विशिष्ट आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत गिरी गोसाई, प्रबन्ध निर्देशक अनिल कुमार कुर्मीको आतिथ्यता तथा प्रधानाध्यापक प्रमोद यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

यस क्षेत्रका बालबालिकाहरुको भविष्य निर्माणका निम्ति नेपाल सरकार कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वरमा वि.सं. २०६७ साल फागुन ३० गतेका दिन दर्ता गराइ तत्कालीन शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लको करकमलबाट विधिवत रूपमा उद्घाटन गरी विद्यालयको स्थापना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत गिरी गोसाईले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा विद्यालयको प्रगति विवरणबारे छलफल गरी कुल सम्पत्तिको मुल्यांकन गराइ सञ्चालक समितिबाट पारित गरिएको थियो । 

विद्यालयले विभिन्न योजनाहरु निर्माण गरेको छ । जसअनुसार आईसिटी तथा कक्षा ५ सम्म मोन्टेश्वरी विधिबाट शिक्षण कार्यलाई लैजाने, दोस्रो तल्ला पनि थप गरी विज्ञान र गणित प्रयोगशाला निर्माण गर्ने, माध्यमिक विद्यालय तहको कक्षालाई सु–व्यवस्थित गरी बिहानी सत्रमा प्लस टु का कक्षाहरु पनि सञ्चालनमा ल्याउने रहेको विद्यालयले जनाएको छ ।

कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरी, विद्यालयका प्रधानाध्यापक प्रमोद यादव, भरत गिरी, विद्यालय व्यवस्थापन समितिका सदस्य राकेश पाण्डे लगायतले बोलेका थिए ।