
बिहिवार , मंसिर २५, २०७७
बुटवल, २५ मंसिर ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एम्नेष्टि इन्टरनेशनल नेपालले बिहीबार सांझ बुटवलमा दीप प्रज्वलन गरेको छ । एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवल र प्रस्तावित बुटवल महिला समुहले संयुक्त रुपमा बुटवलको अस्पताल लाइनस्थित पुष्पलाल पार्कमा दीप प्रज्वलन गरेका हुन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर मानव अधिकार प्रवद्र्धनको लागि दीप प्रज्वलन गरिएको एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलका सह–संयोजक कबिन्द्र नेपालले जानकारी दिए । दीप प्रज्वलनमा दुवै समुहका कार्यसमितिका पदाधिकारी, सदस्य तथा शुभेच्छुक मानव अधिकार संवाहकहरुको सहभागिता रहेको थियो ।
सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणा–पत्र पारित गरेको ऐतिहासिक दिन डिसेम्बर १० मा हरेक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउँदै आइएको छ । मानवको जन्मदेखि मृत्यु पर्यन्तसम्म सम्मानित जीवन बाँच्नको लागि चाहिने आश्यकताहरु मानवअधिकार भित्र पर्दछन् । यसैको प्रवद्र्धनको लागि एम्नेष्टिले वकालत गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij