२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

नेपाल-चीन मैत्री समाजको अध्यक्षमा सापकोटा

आइतवार , कार्तिक ६, २०७९

भैरहवा, ६ कात्तिक । 
नेपाल-चीन मैत्री समाज लुम्बिनीको पाँचौ महाधिवेशनले नारायण प्रसाद सापकोटा अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भैरहवामा सम्पन्न महाधिवेशनबाट समाजको वरिष्ठ उपाध्यक्षमा गोबिन्द प्रसाद रेग्मी, उपाध्यक्षमा डा. ऋषिराम शर्मा, महासचिवमा मनिष कुमार जोशी, कोषाध्यक्षमा खिम बहादुर खत्री, सचिव जनकराज पन्त र सह–कोषाध्यक्षमा नारायणी नेपाल निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै कार्यसमिति सदस्यहरुमा डा. गितु गिरी, नारायण प्रसाद अग्रवाल, नगेन्द्रगोविन्द श्रेष्ठ, इन्द्रबहादुर थापा, नारायण प्रसाद भण्डारी, अच्युतराज गौतम, विष्णु प्रसाद बस्याल, अनिल कुमार ज्ञवाली, केशव शर्मा बेल्बासे र शंकर प्रसाद पाण्डे चयन भएका निर्वाचन प्रमुख वरिष्ठ अधिवक्ता राममणि भुर्तेलले जानकारी दिए । 

समाजको २१ औं साधारणसभा तथा महाधिवेशनको उद्घाटनका अवसरमा अध्यक्ष सापकोटाले चीनसँग जनस्तरमा सम्बन्ध विस्तार र लुम्बिनीको पर्यटन प्रवद्र्धन र आर्थिक विकासका लागि समाज स्थापना भएको बताए । उनले चीनका करोडौं बौद्धमार्गीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न सके नेपालको पर्यटन र आर्थिक विकासमा ठूलो योगदान पुग्ने भएकाले तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए ।

समाजका सदस्य डा. गितु गिरीले असंलग्न परराष्ट्र नीति र एक चीन नीतिमा नेपाल चीन मैत्री समाज प्रतिवद्ध रहेर सोहीअनुसार आफ्ना गतिविधि गरिरहेको बताए ।