
आइतवार , कार्तिक ६, २०७९
रुपन्देही, ६ कात्तिक ।
राष्ट्रिय आयुर्वेद एशोसियशन नेपाल रुपन्देहीको प्रथम जिल्ला भेला तथा दिपावली छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय आयुर्वेद एशोसियशन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालको अध्यक्षता, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. पुष्पराज पौडेलको प्रमुख आतिथ्यता तथा तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रमेश डुर्मेको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमको उद्घाटन महाशाखा प्रमुख पौडेलले गरेका थिए ।
उक्त भेला तथा दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख धुर्व घिमिरेले आयुर्वेद उपचार पद्धति लामो भए पनि राम्रो रहेको बताए । उनले नगरपालिकाले यो आयुर्वेदका कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रमेश डुर्मेले आयुर्वेद शिक्षालाई विद्यालयस्तरबाट अघि बढाउने बताए । ‘हामीले यो पद्दतिलाई सबै क्षेत्रमा पुर्याउन सचेतना कार्यक्रम अघि बढाउँछौ, ’उनले भने । उनले रैथाने खेती र त्यसबाट उत्पादिन औषधि आजको दिनमा पनि स्वस्थ रहेकाले आयुर्वेदिक औषधिको महत्व रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि डा. पौडेलले मानव सभ्यताको विकासका शुरुका दिनहरुवाटै आयुर्वेदको ठूलो महत्व रहेको बताए । उनले आयुर्वेदको महत्व र उपयोगितालाई जनमानससमक्ष बुझाउन नसकिएको बताउँदै सबै यो प्रद्धतिबारे जनचेतना जगाउनु आवश्यक रहेको बताए । उनले अहिले आयुर्वेदिक उपचार पद्धतिमा ध्यान दिन थालिएकोले यसलाई सकारात्मक नै मान्नुपर्ने बताए । नले भने, स्वस्थ र निरोगी भएर बाँच्नका लागि जीवन जिउने कला सिक्नुपर्छ। त्यसका लागि योग र आयुर्वेदजस्तो प्रभावकारी विधि अर्को कुनै छैन।
राष्ट्रिय आयुर्वेद एशोसियशन नेपालका उपाध्यक्ष शालिकराम भुसालले सम्पूर्ण आयुर्वेदकर्मीहरू, चिकित्सक, आयुर्वेद औषधी उत्पादक, आयुर्वेद स्वास्थ्यकर्मीहरूको साझा फूलबारीका रूपमा स्थापित गर्नका लगि यो संस्थाको स्थापना गरिएको बताए । संस्थाको मूल नारा ‘अधिकारका लागि एकीकृत आवाज’ रहेको उनको भनाइ छ ।
बरिष्ठ कबिराज धुर्ब भण्डारीको स्वागत तथा बरिष्ठ कबिराज नरहरि अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रुपन्देहीमा कार्की
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रुपन्देहीको जिल्ला समिति गठन भएको छ । समितिको अध्यक्षमा दीपक कार्की, उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा मधुप्रसाद पन्थी, कोषाध्यक्षमा अनुपा आचार्य र सदस्यमा यमलाल भुसाल, अम्बिका आचार्य, प्रान्सु ढकाल, मनोज कुमार जोशी र सुनिता राना रहेको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका उपाध्यक्ष शालिकराम भुसालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij