२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

रोटरी र स्पोन्सर क्लबहरुबीच इन्टरसिटी बैठक

शुक्रवार , कार्तिक ४, २०७९

बुटवल, ४ कात्तिक ।
रोटरी क्लबहरुको इन्टरसिटी बैठक रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा सम्पन्न भएको छ । रोटरी क्लब अफ बुटवलको आयोजनामा बुटवल अन्तर्गतका स्पोन्सर क्लबहरुको संयुक्त बैठक सम्पन्न भएको हो । रोटरी क्लब अफ बुटवलले आफ्नो १४ सय ३७ औं बैठकको साथै इन्टरसिटी बैठकको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर राजीव पोखरेलले इन्टरसिटी बैठकले रोटरी क्लबहरुबीचको सम्बन्धलाई सुद्धृढ तुल्याउने र सामाजिक कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने बताए । उनले रोटरीले संसारभर खेलेको भूमिकाको आम नागरिकले उच्च प्रशंसा गरिरहेको भन्दै रोटरीप्रतिको विश्वासलाई कायम राख्न र अगाडि सारिएका प्रोजेक्टहरुलाई कार्यान्वयन गर्नेतर्फ ध्यान दिन आग्रह गरे । साथै उनले क्लबको प्रशासनिक क्षेत्रलाई प्रभावकारी बनाउनका लागि गर्नुपर्ने कामका बारेमा पनि प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख मोहम्मद इस्तियाक अहमद खानले रोटरीले शिक्षा, स्वास्थय लगायत सामाजिक क्षेत्रमा खेलेको भूमिको प्रशंसा गर्दै रोटरीले गर्ने काममा स्थानीय सरकार प्रमुखको नाताले सहकार्य गर्न तयार रहेको बताए ।

प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठले फेलोसिप र सर्भिस प्रोजेक्ट रोटरीको मुटु रहेको भन्दै यसतर्फ ध्यान दिन सबै रोटरीयनहरुलाई आग्रह गरे । 

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाले रोटरीले सम्पन्न गरेका परियोजना र विभिन्न क्षेत्रमा गरेका कामबारे प्रकाश पारेका थिए । 

गौतमबुद्ध मुटु अस्पतालमा क्याथ ल्याब सञ्चालनदेखि लिएर लुम्बिनी प्रादेशिक अस्पताल र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अक्सिजन प्लान्ट तथा शंकरनगर वनवाटिकामा बालरेलदेखि लिएर वनवाटिकामै ईलर्निङ एण्ड साइन्स थिएटर जस्ता ठूला प्रोजेक्ट रोटरीले सम्पन्न गरिसकेको उनले जानकारी दिए । त्यस अवसरमा उनले स्पोन्सर क्लबहरु रोटरी, रोट्रयाक्ट, इन्ट्रयाक्ट र आरसिसी क्लबहरुको गतिविधिको बारेमा पनि जानकारी गराएका थिए । अध्यक्ष पियाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा रोटरीले अन्य थुप्रै काम गरेको र मानवीय सहायताका काममा पनि रोटरीले महत्वपूर्ण कामहरु गर्दै आएको पनि जानकारी दिए ।

त्यस अवसरमा रोटरीयन भरत कुमार श्रेष्ठ, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष भोजबहादुर खत्री, डिष्ट्रिक क्लब सर्भिस कमिटी चेअर राजेन्द्र ढकाल, क्लबका जिल्ला सल्लाहकार प्राध्यापक रामचन्द्र आचार्य, पुर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, सचिव लालहरि पाण्डेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।