२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा खाद्यान्न वितरण

बिहिवार , कार्तिक ३, २०७९

भैरहवा, ३ कात्तिक ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले तिहार र छठ पर्वको अवसर पारेर रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित श्री सत्य साइ वृद्ध सेवा आश्रम र लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहमा बुधबार खाद्यान्न वितरण गरेको छ । क्लबले वृद्धाश्रममा साढे तीन क्युन्टल चामल र बालगृहमा चार क्युन्टल चामल वितरण गरेको हो ।

क्लबका अध्यक्ष गौतम गुप्ताको अध्यक्षता तथा कोषाध्यक्ष संजोगराज संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । व्यवसायी तथा समाजसेवी भैरव कलवारले चामल सहयोग गरेका थिए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ता, सफिकराज खांन, अनिल कुमार गुप्ता, मनमित सिंह गान्धी, स्नेहा विश्वकर्मा, दीक्षा श्रीवास्तव, लोकश जयसवाल लगायतको उपस्थिति रहेको थियो । क्लबले यस अघि पनि विभिन्न रचनात्मक र सामाजिक कार्य गर्दै आइरहेको अध्यक्ष गुप्ताले बताए ।