२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

निर्वाचन सामाग्री तथा आर्थिक व्यवस्थापन सम्बन्धी प्रशिक्षण 

बुधवार , कार्तिक २, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा । निर्वाचन आयोग नेपालले प्रदेश स्तरीय निर्वाचन सामाग्री तथा आर्थिक व्यवस्थापन प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरेको छ। 

    आगामि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई व्यवस्थीत बनाउनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए।  

    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको संयोजनमा भएको कार्यक्रममा रुपन्देहीमा पायक पर्ने लुम्बिनी, गण्डकी, कर्णली प्रदेशका १४ जिल्लाका आर्थिक प्रशाशन र जिन्सी शाखामा कार्यरत कर्मचारी सहभागि रहेका छन्। 

    IMG_9461.JPG

    कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कर्मचारीले गर्नुपर्ने काम, कर्तव्य र अधिकार, निर्वाचन सामाग्री व्यवस्थापन, आर्थिक व्यवस्थापन र मतदाता शिक्षाका बिषयमा प्रशिक्षण दिन लागिएको निर्वाचन आयोगका सहसचिव तुलसी प्रसाद श्रेष्ठले जानकारी दिए। 

    प्रशिक्षण कार्यक्रम दुई दिन सम्म चल्ने छ। प्रशिक्षण कार्यक्रममा निर्वाचन आयोगका सहसचिव तुलसीप्रसाद श्रेष्ठ, शाखा अधिकृत अच्युत दाहाल, कोष तथा लेखा नियन्त्रक कार्यालय लैनचौरका प्रमुख सुकदेव बास्कोटाले निर्वाचन सामाग्री, आर्थिक व्यवस्थापन, मतदाता शिक्षाका बिषयमा प्रशिक्षण दिने छन्।