बुधवार , कार्तिक २, २०७९
भैरहवा, २ कात्तिक ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर, रुपन्देहीले दिपावली तथा छठ पर्वको अवसरमा बुधबार भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले सुरक्षाको विकल्प नै सुरक्षा भएको बताए । उनले भने, ‘शान्ति सुरक्षाका लागि व्यवसायीको साथ आवश्यक छ । ’
नेपाल सुनचाँदी व्यवसायी महासंघ परामर्श समितिका संयोजक प्रेम कुमार सेन्चुरीले व्यवसायीले सुरक्षाको अनुभुति गर्न पाउनुपर्ने बताए ।
सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एम.बी. विश्वकर्माले चाडपर्वको बेला चोरीका घटना हुन सक्ने भएकाले सजग हुनुपर्ने बताए । उनले व्यवसायीले सुरक्षाको अनुभुति गर्न नपाएको बताए ।
रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन विश्वकर्माले अत्यन्त कठिन अवस्थामा व्यवसाय सञ्चालन गर्नुपरेको गुनासो गरे ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष सतिष कुमार कौशल (दीपक) ले सुनचाँदी व्यवसायीको सुरक्षाका लागि सुरक्षा निकायलाई सदैव चनाखो भइदिन आग्रह गरे ।
कार्यक्रममा सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष विक्रम बहादुर सुनार, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोकुल विश्वकर्मा, देवदह सुनचाँदी व्यवसायी संघका अध्यक्ष इन्द्र बहादुर सुनार लगायतले बोलेका थिए ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष राजन रसाइलीको स्वागत तथा महासचिव सुनिल सेन्चुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij